कुचो

कुचो

रामहरि सुबेदी  |  साहित्य  |  चैत २८, २०७७

मलाई देशको फोहोर बढार्ने कुचो चाहिएको छ ।
मलाई देशको फोहोर बढार्ने कुचो चाहिएको छ ।
मलाई सबै कु चोख्याउने शक्ति चाहिएको छ ।
कु चो अर्थातः कु–रीती र कु–शंस्कार बढार्नु छ
देशमा फोहोर पार्ने कु–शक्तिलाई चांडै चोख्याउनु छ ।
सुरु कहांबाट गरौं पहिला बढारौं कुन ?
नेतृत्वनै बढार्नु पर्दछ पहिला फोहोर पार्ने हो जुन ?

देश सिष्टमले चल्छ भन्ने थाहा कसलाई छैन र ?
व्यक्तिले चलाएको देशमा प्रगति कहाँ भएको छ र ?
नेता बन्न रुचाउने, मन्त्री हुन लालायित हुने
३ करोड जनतालाई यी नेताले दास बनाउने ?
सर्बत्र प्रभुत्व जमाई, शक्तिको दुरुपयोग गर्ने
संबिधानकाे दुरुपयाेग गरी जनतालाई अल्मल्याउने ?

सोमालियामा झैं लडाएर ‌‌ परनिर्भरमै बिताउने 
कहिलेसम्म यस्तै तालले देशमा खेल खेलाउने हो ?
राष्ट्रपति खोसीएला, नेता–मन्त्रीको पद जाला
जनता जागरुक भइदिए भने यसरी राज गर्न नपाईएला
भन्ने भावनाका व्यक्तिले देशलाई घेरेर बसीरहे
अबश्य एक दिन बढारिनेछन्
जसरी सद्धाम, लादेन र ज्ञानेन्द्रहरु पतन भए

देशको माया थोरै गर धेरै चाहिंदैन
तीन करोडकी आमा हुन् यी रुवाउन पाईंदैन
स्वर्ग जस्तो थियो यो देश अझै पनि त बांकी छ
सिष्टमले चलाएर यो देशलाई अझै सुन्दर बनाउनुछ
नेपाल जस्तो पो हुनुपर्छ देश भनी बिश्वलाई चिनाउनुछ
यस्तो पो त हुनुपर्छ देश भनी यो बिश्वलाई चिनाउनुछ ।