महासङ्घद्वारा विश्वकर्माका हत्यारालाई सजाय र पीडितलाई न्यायिक क्षतिपूर्तिको माग (विज्ञप्तिसहित)

महासङ्घद्वारा विश्वकर्माका हत्यारालाई  सजाय र पीडितलाई न्यायिक क्षतिपूर्तिको माग (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ३०, २०७७

काठमाडौँ । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ नेपालले एक प्रेस विज्ञप्ति प्रकाशित गरी झपा कन्काइ–५ टेक्रास्थित दार्जेलिङ टोलका बलबहादुर विश्वकर्मालाई दुर्व्यवहार गरी निर्घात कुटपिटबाट भएको मृत्यु भएको घट्नाका अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्यायिक क्षतिपूर्तिका लागि माग गरेको छ । 

महासङ्घका अध्यक्ष राजन मुकारुङद्वारा हस्ताक्षरित  प्रेस विज्ञप्तिमा राज्यले पीडितमाथि झन् पीडा थप्ने गरी अन्तरादायी व्यवहार देखायो भने महासङ्घ पीडितको पक्षमा न्यायको लागि आन्दोलनको उभार उठाउन बाध्य हुने समेत उल्लेख गरिएको छ । 

महासङ्घद्वारा जारी प्रेस विज्ञप्ति