गण्डकी प्रदेशसभा : विशेष अधिवेशन माग

गण्डकी प्रदेशसभा : विशेष अधिवेशन माग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०२, २०७८

 कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको छ ।

 प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले आजै प्रदेश प्रमुखको कार्यालय पुगी विशेष अधिवेशन माग गरिएको समावेदन पत्र दर्ता गराएका हुन् । उक्त अवसरमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यलगायत दलका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

हिउँदै अधिवेशन चलिरहेको अवस्थामा सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १ गते रातको १२.०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको थियो ।