चार सय १५ थान एक हजारका नक्कली नोटसहित तामाङद्वय र नजिम साफी पक्राउ

चार सय १५ थान एक हजारका नक्कली नोटसहित तामाङद्वय र नजिम साफी पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०८, २०७८

सुनसरी । सुनसरी जिल्लको सदमुकाम स्थित इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई २०७८ बैशाख ८ गते बुधबार प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताउनुभयो । पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट  एक हजार रुपियाँ दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिनुभयो । 

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।