लोकसंवाद संवाददाता | समाचार | बैशाख ०९, २०७८
हुम्ला । हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने मध्ये र दक्षिणी भेगमा वर्षा भइरहेको छ। उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो ।
सदरमुकाम सिमकोटमा बिहीवार विहानदेखि हिमपात भएको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । बुधवार वर्षाले प्रभावित भएको उडान बिहीवार हिमपातले प्रभावित बनेको छ । दुई दिनदेखि उडान ठप्प भएको छ ।
हिमपातका कारण खेतबारीमा छरेको अन्नवालि राम्रो हुने भएकाले जिल्लाका कृषकहरू हर्षित भएका छन् ।