लोकसंवाद संवाददाता | समाचार | बैशाख ११, २०७६
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयेजनामा ‘सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुई दिने राष्ट्रिउ सम्मेलन भक्तपुरको बोडेमा शुरु भएको छ ।
२०७६ साल बैशाख ११ र १२ गते सम्म सम्मपन्न हुने सम्मेलन दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन शिक्षा, विज्ञापन तथा प्रविधि मन्त्रीले गर्नु भएको हो । देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तहको सहभागिता रहेको बताइएको उक्त सम्मेलमा शिक्षा क्षेत्र लयातका महानुभावहरुको सहभागीत रहेको छ । सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २२ बुंदे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५ भन्दै सार्वजनिक समेत गरेका थिए ।
सम्मोलनमा संघीय संसदकोे शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल युवापरिषद्का अध्यक्ष माधव ढुंगेल, गायिका आनी छोइङ डोल्मा, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सम्मेलन सफल्ताको शुभकामना दिएका थिए । त्यसैगरी हास्य कलाकार दिपकराज गिरी, नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सम्मेलनको सफल्ताको शुभकाना दिनु भएको थियो । शिक्षा सचिव खअराज बरालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सफल सामुदायिक विद्यालयको अनुभव आदनप्रदान गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गरिएको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वावुराम पौडेलले जानकारी दिनुभएको थियो ।