नब्याएको बाच्छीले दूध दिन थालेपछि...

नब्याएको बाच्छीले दूध दिन थालेपछि...

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७८

झापा  ।    झापाको गौरादह नगरपालिका–३  का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले  नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । 

नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको   भीड लाग्न थालेको छ  । चिकित्सा  विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै  गोठमा  बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि  अचम्मलागेको पन्तले बताउनु भयो ।   

पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको  पाइएको  गाईधनी  पन्तले  बताउँदै  पन्तले भन्नुभयो  घरमा  बाँधेर  पालेको बाच्छी २१ महिनाको मात्र  भयो  । यसलाई  कहीँ  लगिएको पनि छैन  । ‘एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  । थुनसमेत  ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो । ’  

अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले  बताउनु भयो   ।  बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।