लोकसंवाद संवाददाता | समाचार | बैशाख ११, २०७६
काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा काठामाडौ स्थित माइतघर मण्डलामा एक घण्टको शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा संघीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिनुका साथै सार्वजनिक शिक्षालाई निःशुल््क, गुणस्तरीय, अनिवार्य तथा जीवनोपयोगी बनाउनका निमित्त आवश्यक पर्ने लगानीको सुनिश्चितताका निमित्त संघ, प्रदेश र स्थानीय सरकारद्वारा ध्यान दिन र शिक्षा क्षेत्रमा संघीय सरकारद्वारा हालको बजेट भन्दा कम्तिमा दोव्वर बजेट विनियोजन गरियो र स्थानीय एवं प्रादेशिक तहमा कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट विनियोजन गर्न समेत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले माग गरेको छ । साथै नेपालको संविधानले मौलिक हकको रुपमा व्यबस्था गरेको निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी अधिकार कार्यान्वयन गर्न स्थानीय, प्रादेशिक तथा संघीय सरकारद्वारा आ–आफ्नो तर्फबाट गम्भीर रुपमा ध्यान दिन समेत माग गरेका प्लेकार्ड लिएर उक्त धर्ना गरिएको थियो ।
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अन्तरगत दोस्रो दिन उक्त नगरिक धर्ना कार्यक्रमको आयोजना गरेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले जनाएको छ । काठमाडौमा क्रियाशिल रहेका करिब पाँच दर्जन संघसंस्थाको सहभागितामा उक्त नागरिक प्रदर्शन भएको थियो ।