'बेड, औषधि र अक्सिजन दिएनौँ, मृत शरीरका लागि स्ट्रेचर त देऊ !'

'बेड, औषधि र अक्सिजन दिएनौँ, मृत शरीरका लागि स्ट्रेचर त देऊ !'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७८

‘अक्सिजन, अक्सिजन, के तपाई मलाई अक्सिजन उपलब्ध गराउन सक्नुहुन्छ ?’ 

आज बिहानै फोनको घण्टीबाट मेरा आँखा खुल्दा स्कुलका एक शिक्षकले अत्तालिएको स्वरमा मसँग भनिन् । 

उनका ४६ वर्षीय पति दिल्लीको एक अस्पतालमा कोरोनासँग संघर्ष गरिरहेका छन् र अस्पतालमा अक्सिजन छैन । मैले आफैंलाई भने, ‘हामी फेरि उही मोडमा आइपुगेका छौं ।’

सहयोगका लागि फोनको सहारा

यो सहरमा जिन्दगी हरेक दिन कस्तो कस्तो रंग देखाइरहेको छ, जहाँ श्वास लिनका लागि पनि धेरै मानिसका लागि धेरै महंगो बनिरहेको छ । मैले फोनबाट केही मानिससँग सहयोग मागे । 

बिरामी पति नजिकै लागेको मनिटरबाट आइरहेको ‘बीप–बीप’ आवाजबीच महिलाले अक्सिजनको लेभल खतरनाक रुपमा ५८ को स्तरमा आएको बताइने । एक पटकमा उनको अक्सिजन बढेर ६२ भयो । 

यदि कुनै पनि व्यक्तिको अक्सिजनको लेभल ९२ भन्दा कम मयो भने उसलाई चिकित्सकसँग सम्पर्क गर्न सल्लाह दिइन्छ । उनले आफ्ना पतिको अक्सिजन लेभल चार अंकले बढेकोमा खुसी भइन् । 

उनका पति होसमा नै छन् र कुराकानी गरिरहेका छन् । मैले आईसीयूमा काम गर्ने एक साथीलाई म्यासेज पठाए । उनको जवाफ आयो, ‘अक्सिजन लेभल ४० सम्म पुग्दा पनि बिरामी कुरा गरिरहन्छन् ।’
 
एक सिलिण्डरबाट तीन बिरामीलाई अक्सिजन

मैले पत्रिका पढ्न उठाए । त्यहाँ एक परिचित अस्पतालमा २५ जना गम्भीर बिरामीको मृत्यु भएको खबर थियो । अस्पतालले आईसीयूमा अक्सिजनको अभाव भएको र केही बिरामीलाई म्यानुअली अक्सिजन दिइरहेको बताएको थियो ।

अखबारको पहिलो पानामा एक सिलिण्डरबाट दुई पुरुष र एक महिलालाई अक्सिजन दिइरहेको फोटो छापिएको थियो । तीन अपरिचित व्यक्तिहरु बेपरवाह जनता र सरकारको लापरबाहीबाट उत्पन्न भएको त्रासदीका कारण एक साथ बसेर अक्सिजन लिइरहेका थिए । एक रिपोर्टमा बेड पर्खिदा पर्खिदै ज्यान गुमाएका ४० वर्षीय व्यक्तिको कहानी थियो । 

रिपोर्टमा ती व्यक्तिको अस्पताल बाहिर स्ट्रेचरमा उपचार गर्दा गर्दै मृत्यु भएको उल्लेख थियो । दुःखी भारतीय यसका लागि आभारी जरुर छन्ः यदि तिमी मेरा प्रियजनलाई बचाउनका लागि बेड, औषधि र अक्सिजन उपलब्ध गराउन सक्दैनौं भने उनको मृत शरीरका लागि एक स्ट्रेचर त देउ !

बेड छैन, औषधि छैन, अक्सिजन छैन

जसरी दिन अघि बढ्दै गएको थियो, मलाई केही पनि परिवर्तन नभएको महसुस हुँदै थियो । बिरामी अक्सिजन नभएर मरिरहेका थिए । औषधि थिएन र कालोबजारी जारी छ । जमाखोरी जारी छ र मानिसहरु अत्तालिएर किनिरहेका देखिन्थे । हामी युद्धमा भएको अनुभूति भयो । 

शिक्षिकाले फेरि फोन गरिन् । स्पेयर अक्सिजन फ्लो मिटर थिएन र त्यो लिएर आउनु थियो । हामीले फोनबाट नै काम गर्न सुरु गर्‍यौं । कसैले यो उपलब्ध गराउँन सक्छ कि भनेर ट्विटरबाट अपिल गर्‍यौं । यसबाट बिरामीलाई सिलिण्डरबाट दिइने अक्सिजन नियन्त्रित गरिन्छ । अक्सिजन ट्रयाकर्स बिरामी बचाउनका लागि समयमा नै उपलब्ध हुन सकिरहेको थिएन । बेड छैन र औषधि पनि छैन ।

भारतमा राजधानी दिल्लीमा सबैभन्दा राम्रो स्वास्थ्य सेवा छ । तर यहाँका ९९ प्रतिशत आईसीयू बेड भरिएका छन् । यहाँ सम्म कि भारतमा विशेषाधिकार पाएका मानिसलाई समेत अब यस्तो अधिकार छैन । एक पत्रिकाका सम्पादकले मलाई फोन गरे । उनी बिरामीका लागि अक्सिजन सिलिण्डर खोजिरहेका थिए । 

अपार्टमेन्टको जुन बिल्डिङमा म बस्छु, त्यहाँका निवासी केही अक्सिजन कन्सन्ट्रेटर्स किन्ने कोशिस गरिरहेका थिए ताकि श्वास फेर्न समस्या भएको बेलामा प्रयोग गर्न सकियोस् । ५७ जना यहाँ बस्नेहरु संक्रमित भएका छन् र उनीहरु घरमा नै आइसोलेट भएर बसेका छन् । 

बिरामीले आफूलाई अलग्याएका छन् । केही त बिस्तारै मृत्युको दिशामा पनि गइरहेका छन् । कोभिड–१९ एक यस्तो रोग हो जसले केही स्थानमा नराम्रो हमला गर्छ ।

न्युरो सर्जन पल कलानिथीले आफ्नो संस्मरण ‘व्हेन ब्रीथ बिकम्स एयर’ मा लेखेका छन्, ‘यहाँसम्म कि म मरिरहेको छु । जबसम्म म मर्दिन तबसम्म म जीवित छु ।’ 

भारतमा आजको खतरनाक भाइरसबाट पीडित बनेकाहरु यही अवस्थामा छन् । 

सौतिक विश्वास/बीबीसी