नक्कली श्रम स्टिकर प्रकरण : लुकाउन नसकेपछि छानबिन

नक्कली श्रम स्टिकर प्रकरण : लुकाउन नसकेपछि छानबिन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७६

काठमाडौं । नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले अनुसन्धान थालेको हो ।

स्रोतका अनुसार ओमबहादुर अधिकारी, सरिता विक, जानुकादेवी दाहाल र कृष्ण चौधरी फागुन ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यागमन अधिकारीले ती चारमध्ये तीनको राहदानीमा टाँसिएको श्रम स्टिकर नक्कली रहेको र एकको राहदानीमा टाँसिएको स्टिकर अरूकै नाममा जारी गरिएको पत्ता लगाएका थिए ।

राहदानी जफत गरेको पत्र हातमा थमाएर थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्थ्यो । त्यस दिन विमानस्थल अध्यागमनमा डिपार्चर अफिसियलको जिम्मेवारी सम्हालेका जनक शर्माले चारै यात्रु कारबाहीको प्रक्रियामै रहेका बेला विमानस्थलबाट रहस्यमय रूपमा बेपत्ता भएको दाबी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।