बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७८

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु घर भएका कैलाश प्रसाद श्रेष्ठ र चन्द्रागिरी नगरपालिका–१० घर भएका नारायण आचार्य छन् ।

पुर्ण बहादुर तामाङलाई दिएको चेक बाउन्स भएको मुद्दामा कैलाशलाई गत फागुन १७ मा उच्च अदालत पाटनले ३० लाख जरिवाना र ७ दिन कैद हुने फैसला गरेको थियो । पासाङ लामाको जाहेरीले ०७७ फागुन १७ मा उच्च अदालत पाटनले ३३ वर्षीय नारायण आचार्यलाई १४ दिन कैद र २७ लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

कैलाशलाई सिनामंगल र नारायणलाई गुर्जुधाराबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशले कारागार चलान गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोकी प्रवक्ता (एसपी)गंगा पन्तले बताउनुभयो ।