अनु राई | साहित्य | बैशाख १७, २०७८
विश्वभरि फैलिएको महामारी कोरोना (कोभिड -१९) सङ्क्रमण र रोकथाम तथा जोखिम न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा भएको लकडाउनको अवस्थामा विभिन्न वर्गहरूको साथ साथै हामी हङ्गकङ्गबासी नेपालीहरूमा पनि ठुलै असर पर्न गयो । स्थानीय विद्यालयहरू बन्द भएका र केही रोजगारीका स्थलहरू बन्द भएका कारणले धेरै नेपालीहरू छुट्टी बिताउन नेपाल जानु पर्ने अवस्था सृजना भयो ।
अचानक लकडाउन सुरु भयो दुवै (हङ्गकङ्ग र नेपाल) तिर । लकडाउन खुल्ने आशामा रहेकाहरूलाई झन् झन् लकडाउनको समय थपिदै र लम्बिँदै गयो । यता हङ्गकङ्गमा कोरोना नियन्त्रण र दुरी कायम गर्दै स्कुलहरू र रोजगारीका स्थलहरू बिस्तारै खुल्ने समाचारले नेपालको लकडाउनम रहेका हामीलाई फर्कनका लागि छ्ट्पटिन थाल्यौँ । यसै क्रममा म पनि नेपाल गएकी र लकडाउनमा परेकी मानिस थिँए । एक दिन बिहानै फोनको घण्टी बज्यो ......फोन उठाए !
उताबाट म जस्तै पोखरामा लकडाउनमा पर्नु भएकी आदरणीय दिदी टीका गुरुङ (अध्यक्ष एन.आर.एन.ए. हङ्गकङ्ग) ज्यु ले गर्नु भएको रहेछ । एनआरएनए हङ्गकङ्गद्वारा नेपालमा लकडाउनमा रहेका नेपालीको नाम सङ्कलन गरी हङ्गकङ्ग 'रिटन' टिकटमा फर्काउने कोसिस गर्न लागेको जानकारी दिनु भयाे । दिदी एनआरएनए हङकङ र एनआरएनएम महिला संयोजक भएकी हुनाले दिदीले नाम सङ्कलन गरौँ है भन्ने सल्लाह दिनु भयाे । मैले पनि सहमती जनाए । नाम सङ्कलन गर्न थालें । सुरुमा ६०/७० हुँदै नाम सङ्कलन गर्न थालिएको अभियान २००/४०० बाट ११०५ सम्म पुग्यो । तर सबै कार्य पूरा भए नि केही कारणले सबैलाई 'रिटन' टिकटमा मै हङ्गकङ्ग फर्काउन असम्भव भयाे ।
नेपाल हुँदा १४ दिन कसरी बिताउनु भनेर आत्तिएको मन क्वारेनटाइनको ब्रेकफास्ट, लन्च र डिनरमा रमाउँदै, कोठामा ब्यायाम गर्दै, समाचार सुन्दै पढ्दै, म्युजिक सुन्दै पछाडिको झ्यालहरूबाट देखिने दृश्य हेर्दै रमाउँदै समय बिताइयो । भन्ने नै हो भने समय बितेको पनि थाहै भएन ।
बच्चाहरूको स्कुल खुलेको, भिसा सकिन लागेको, मेडिकल समस्याहरू भएको र काम छुट्ने समस्याहरूले तनावमा थियौँ सवै जना । अन्ततोगत्वा आदरणीय दिदी टीका गुरुङजीबाट हिमालयन एयरलाइन्सको प्लेन चार्टर गर्ने पहल सुरु भयो । जसरी हुन्छ हङ्गकङ्ग फर्कन र फर्किने धेरै प्रयास पछि दुई न्यारो बडि ( हार्वेस्ट मुनको ) र एउटा सन राईजको गरी जुन १ तारिखको दिन ३ ध्वाजाबाहक नेपाल एयर लाइसन्को ५८२ जना नेपालीहरू लिएर हङ्गकङ्ग उड्यो ।
जुन २ तारिख बिहान ३:३० मिनेटमा सकुशल हङ्गकङ्ग एयरपोर्टमा जहाज अवतरण भयो । जहाजको ढोका खुलेर बाहिर निस्किने बित्तिकै पिपिई लगाइएका कर्मचारीहरूले दिएको निर्देशन फलो गर्दै इमिग्रेसन पार गरी एसिया वर्ल्ड एक्स्पो भवनमा लगी कोभिड १९ को जाँच गरियो त्यसपछि फोतानस्थित क्वारेनटाइन सेन्टरमा लगियो ।
एक्लै र परिवारसँग बस्न सकिने भएकोले म एक्लै भएकोले पोखरा कि बैनी देवी पुनसँग रुम 'सेयर' गरेर बस्ने सल्लाह भयो । कोठामा प्रवेश गर्ने बित्तिकै हामी छक्क पर्यौँ । त्यहाँ दुई जनाको लागि आवश्यक पर्ने हरेक कुरा राखिएको देखेर हमी एकदम खुसी भयौँ।
ब्रेकफास्ट, लन्च, डिनर टाइममा दिनुको साथै फलफूल र आवश्यक समान मगाउनु परेमा हट्लाईनबाट मगाउने सुविधा पनि रहेछ । मागेको एक दुई घण्टाको अन्तरालमा समान आई पुग्ने पनि रहेछ । हरेक कोठाको ढोकामा एउटा एउटा टुल छ । जहाँ मागेको कुरा र समान ल्याएर बेल बजाई सूचना गरिन्छ । व्यवस्थित र सुरक्षित क्वारेनटाइनको लागि हङ्गकङ्ग सरकारलाई हृदय बाटै धन्यवाद दियौँ र अहिले पनि दिन चाहन्छु ।
नेपाल हुँदा १४ दिन कसरी बिताउनु भनेर आत्तिएको मन क्वारेनटाइनको ब्रेकफास्ट, लन्च र डिनरमा रमाउँदै, कोठामा ब्यायाम गर्दै, समाचार सुन्दै पढ्दै, म्युजिक सुन्दै पछाडिको झ्यालहरूबाट देखिने दृश्य हेर्दै रमाउँदै समय बिताइयो । भन्ने नै हो भने समय बितेको पनि थाहै भएन । आफ्नो त नेपाली जिब्रो दाल, भात ,तरकारी,चटनीमा रमाउने मसलेदार इन्डियन खानाले वाक्क भए पनि यी सबै तिता मिठा पलहरूलाई नयाँ अनुभव बटुल्ने अवसर को रुपमा लिएकी छु ।
आज क्वारेनटाइन अन्तिम दिन कोरोनाको सन्त्रास, लकडाउनको पीडा, चार्टर प्लेनको तनाव र क्वारेनटाइन यी सबैलाई नजिकबाट अनुभव गरेकी छु । आज घर जाँदैछु परिवार सँगको भेट, स्वतन्त्रताको महसुस गरिरहेको छु । १४ दिन बिताएका मेरो कोठा, मेरो बेड, टेबुल, कुर्सी, पङ्खासँग त्यसै त्यसै माया बस्न गएछ । आजको दिन पछि यो रुममा फेरि फर्केर आउने छैन मन भरिएर आयो । आँखाहरू रसाउन लाग्यो ! खै माया भन्ने कुरा पनि कस्तो कस्तो है .... ।
अन्तमा आदरणीय दिदी टीका गुरुङ (अध्यक्ष एनआरएन हङकङ ) ज्यु लाई हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँको पहल र सक्रियतामा हामी लकडाउनमा फसेका धेरै नेपालीहरू हङ्गकङ्ग आउन सफल भयौँ । हिजो नेपालबाट आउनु हुने आरएका सबै हङ्गकङ्गबासी नेपालीहरूलाई स्वागत गर्दै सबै कोरोना नेगेटिभ हुनु भएकोमा बधाई दिन पनि चाहन्छु । र भगवान् सँग यही प्रार्थना गर्छु कि चाडै नै संसार कोरोना मुक्त होस् । जीवन सरल तरिकाले चल्न सुरु होस् । सम्पूर्ण परिवार,समाज, विश्वमा नै खुसीयाली छाओस् ।
धन्यवाद ।
हङ्गकङ्ग