लोकसंवाद संवाददाता | समाचार | बैशाख १९, २०७८
मैले एकसाथ यति ठूलो संख्यामा जलिरहेका चिता पहिलो पटक देखे र एकै दिन दिल्लीका तीन घाटमा दुःख र अफसोसपूर्ण दृश्य देखे । जलिरहेका सबै शव कोरोना भाइरसबाट मृत्यु भएका मानिसका थिए ।
शनिबार मैले दिल्लीका अस्पतालमा मैले अक्सिजन, आईसीयू बेड, भेन्टिलेटर र औषधिको अभाव खेपिरहको मानिस देखेको थिए। अन्तिम श्वास लिइरहेकाका आफन्तलाई आँशु बगाउँदै गरेको पनि देखेको थिए । घाटमा वृद्ध, जवान र बच्चाहरु एक अर्कालाई अंगालो हालेर रोइरहेको भावुक दृश्य देखिन्थ्यो। चिता जलाउनका लागि आफ्नो पालो पर्खिरहेका मानिसहरु र श्यमसानघाट सानो भएर खुला मैदानमा घाट बनाइरहेको दृश्य कम्ती टिठलाग्दो थिएन ।
दिल्लीमा दैनिक कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकअनुसार ३५० देखि ४०० को बिचमा छ । मैले तीन श्यमसानघाटमा केही घन्टाको बिचमा १०० भन्दा बढी चिता जलेको देखे। सराय काले खाँमा रिङरोडसँगै जोडिएको, ट्राफिकको भिडभाडभन्दा टाढा एक विद्युतीय शबदाहगृह छ। त्यहाँ एकतर्फबाट केही चिता जलिरहेका थिए र अर्कोतिर आइरहेका शबको अन्तिम संस्कारको तयारी भइरहेको थियो। आफन्त, एम्बुलेन्सवाला र स्वयमसेवकको भीड जम्मा भएको थियो । एक समयमा करिब १०–१२ शब जलाइरहेका थिए ।
अन्तिम संस्कार गराउनका लागि त्यहाँ एक जना पण्डित थिए । उनी यति व्यस्त थिए कि उनीसँग कुरा गर्न कठिन थियो। मैले फोनबाट भिडियो लिन खोजेपनि गर्मीका कारण फोनले काम गर्न छाड्यो । मैले सोचे मेरो फोनले ५ मिनेटमा नै काम गर्न छाड्यो तर यी पण्डित कसरी यति लामो समयदेखि अन्तिम संस्कार गराइरहेका छन् ? उनको नजिकै गएर मैले हरेक घन्टा कति शब आइरहेका छन् भनेर सोधे । उनले मलाई नहेरी उत्तर दिए, ‘यहाँ २४ घन्टा नै शब आइरहेका छन्। संख्या कसरी याद गर्ने ?
हरेक मिनेटमा शब लिएर एक पछि अर्को शब बाहन आइरहेका थिए । मेरो टाउको घुम्न थाल्यो । मैले चरमपन्थी हमला, हत्या र अन्य घटनाहरुको समाचार कभर गरेको थिएँ। तर सामूहिक अन्तिम संस्कार पहिले कहिले पनि देखेको थिइनँ। एक त चिताबाट निस्किएको आगोको गर्मी, माथिबाट आएको चर्को घाम र फेरि पीपीईले ढाकिएका कारण त्यहाँ उभिन पनि मुस्किल भइरहेको थियो । म भावुक पनि बनिरहेको थिएँ ।
केहीबेर किनारमा बसेपछि म त्यहाँबाट बाहिर निस्किदा एक महिला रिपोर्टरले मलाई नजिकै खुला मैदानमा एक मेकशिफ्ट श्यामसानघाट बनाउँदै गरेको बताइन् । मै त्यहाँ जाँदा मजदुरहरु खुला मैदानमा चिताका लागि २०–२५ प्लेटफर्म बनाइरहेका थिए । त्यहाँ रहेका एक मजदुरले आगामी दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या झन् बढ्ने देखिएकाले त्यसैको तयारी भइरहेको बताए ।
लोदी रोड विद्युत शवदाहगृहमा पनि भीड अधिक थियो । धेरै संख्यामा चिता जलिरहेका थिए । त्यहाँ ठूलो संख्यामा मृत्यु भएकाका आफन्तहरु उपस्थित थिए । एम्बुलेन्स भित्र आइरहेका थिए र शवहरु उतारिरहेका थिए। मैले गनिन तर एक पटक २० देखि २५ वठा शव जलिरहेका थिए । केही आफन्तहरु पीपीई किट लगाएर आएका थिए । यस्तै एक युवा नजिकै बेन्चमा बसेका थिए । उनले मलाई उनका पिताको सोमबार मृत्यु भएको बताए । उनी कोरोना संक्रमित थिए । उनी त्यहाँ पहिले नै पुगेका थिए र उनका भाई पिताको शव अस्पतालबाट लिएर आउन लागेका थिए । उनी त्यहाँ रोइरहेका थिए र अन्यले सान्त्वना दिने कोशिस गरिरहेका थिए ।
सीमापुरीको श्यमसानघाटमा पनि उस्तै अवस्था थियो । १० दिनदेखि यहाँ लगातार शव आइरहेका थिए । शिखको एक संस्था यहाँ हरसम्भव सुविधा पुर्याउने कोशिस गरिरहेको थियो । तर मानिसहरु धेरै थिए । यहाँ दैनिक १ सयभन्दा बढी शव जलिरहेका थिए ।
लोदी रोडको श्यमसानघाटको नजिकै मुसलमानको एक कब्रस्थान छ। त्यहाँ तीन/चार जनाको लागि चिहान खन्ने गरिन्थ्यो । तर अप्रिलदेखि त्यहाँ दैनिक २० दखि २५ वटा चिहान खन्ने गरिएको छ। मृत्यु संस्कारमा नमाज पढ्नेको समेत समस्या भइरहेको थियो । दिल्लीमा यी बाहेक अन्त्य दर्जनौं श्यमसानघाट छन् । कोभिड संक्रमण र त्यसबाट भइरहेको मृत्युको सही अन्दाज यहाँ आएर मात्रै गर्न सकिन्छ । सरकारले कोभिडबाट मृत्यु हुनेको संख्या कम भनिरहेको थियो । घाटमा निरन्तर जलिरहेका चिता देख्दा यसको सही संख्या धेरै बढी भएको थाहा पाइन्छ ।
जुबैर अहमद/ दिल्ली बीबीसीबाट अनुवादित