लोकसंवाद संवाददाता | समाचार | जेठ ०१, २०७८
भोजपुर । निरन्तरको भारी बर्षाका कारण बिग्रिएर अवरुद्ध भएको सडक स्थानीयले मर्मत गरी यातायात सुचारु गराएका छन् ।
अरुण गाउँपालिकाको वडा नम्बर– ७, खाल्ले–मैदानेमा आवत–जावत गर्ने सडक भारी बर्षका कारण आएको भेलबाढीले धैरै खण्डमा बिग्रिएपछि स्थानीय नागरिकहरूले कोदालो, गैँती, बेल्चा, झम्पल लगायतका घरेलुु औजारको प्रयोग गरी अवरुद्ध सडक मर्मत गरी सुचारु गराएका हुन ।
सडक मर्मतपछि सडकमा यातायात सुचारु भएको समाजसेवी मणिराज राईले बताए । राईले भने– ‘गाउँपालिका र वडाबाट बजेटको कुनै सम्भावना नभएको तथा कहिले बजेट विनियोजन होला भनेर कुरेर बस्दा सडक थप क्षति हुने भएकाले कोरोना कहरका बिच पनि भौतिक दूरी कायम गरी सडक मर्मत गरिएको हो ।’
तिलक थापा