लोकसंवाद संवाददाता | समाचार | जेठ ०२, २०७८
चितवन । कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । पछिल्लो समय किसानको खोर नै रित्तो हुनेगरी कुखुरा मर्न थालेको किसानको गुनासो छ । खोरमा केही दिनयता दुई हजार पाँच सय कुखुरा मरे। डोजर लगाएर गाड्नुको विकल्प छैन । चितवनका एक व्यावसायिक किसानका अनुसार मर्ने कुखुरामा दाना पानी कम खाने, हरियो दिसा गर्ने, मुन्टो बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट मर्न थालेका छन् ।
कुखुरामा देखिने यस्ता लक्षण एक प्रकारको सरुवा रोग रानी खेतको भएको विज्ञको भनाइ छ । पछिल्लो समय चितवनलगायत कुखुरा उत्पादन बढी हुँदै आएको क्षेत्रका किसान यस्तै रोगको समस्यामा छन् ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा पनि यसरी मर्ने कुखुरामा रानीखेत भेटिएको प्रयोगशालाका सूचना अधिकारी पशु चिकित्सक इन्दुराय यादवले जानकारी दिनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।