सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान

सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०३, २०७८

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ९फेकोफन० ले  कोभिड–१९ का महामारीमा सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान गरेको छ । महासंघले  वक्तव्यमार्फत सामुदायिक वन उपभोक्ता समूहबाट आफ्नो सम्पूर्ण सामथ्र्यको प्रयोग गर्दै मुलुकभरका सम्पूर्ण सामुदायिक उपभोक्ता समूह र महासंघका प्रदेश महासंघ, जिल्ला महासंघ र स्थानीय महासंघलाई सहयोग परिचालनका लागि आग्रह गरेको हो ।
 
सामुदायिक वन उपभोक्ता समूहले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आफ्ना कोषमा रहेको रकमबाट स्थानीय आवश्यकतानुसार स्वास्थ्य सामग्री खरीद तथा वितरण गर्न आग्रह गरिएको महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । महासंघले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा सामुदायिक वनबाट सम्भव भएसम्म निःशुल्क रुपमा उपलब्ध गराउने र सामुदायिक वन क्षेत्रमा दाहसंस्कार गर्नुपर्ने अवस्था रहेमा अवरोध नगरी सहयोग गर्नसमेत आह्वान गरेको छ ।  
 
वनमा आश्रित विपन्न परिवारलाई सामुदायिक वनबाट जडीबुटी, कन्दमूल, वनजन्य खाद्य पदार्थ आदि संकलन गरी जीविकोपार्जन गर्ने कार्यमा सहयोग तथा सहजीकरण गर्ने र वनजन्य उद्यमका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा निरन्तरता दिन पनि आह्वान गरिएको उहाँले बताउनुभयो । महासंघले निषेधाज्ञाका समयमा वन अतिक्रमण हुने र वन क्षेत्रमा चोरी, तस्करी र वन्यजन्तुको शिकार रोक्न स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डको पालना गरी आवश्यक कार्य गर्न मातहतका निकायलाई आग्रह गरेको छ ।
 
त्यस्तै कोभिड–१९ को महामारीसँग जुझ्न उपभोक्ता समूहका सामुदायिक भवन प्रयोग गर्नुपर्र्ने भनी स्थानीय तह वा सम्बन्धित सरकारी निकायले माग गरेमा सो प्रयोजनका लागि अस्थायी रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराउन महासंघले निर्देशन गरेको छ ।