लोकसंवाद संवाददाता | समाचार | जेठ ०४, २०७८
काठमाडौं । एक महिना अघिदेखि राजधानीमा मेलम्चीको खानेपानी वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ । भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट वितरण गर्न परीक्षण भइरहेको छ ।
राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी पाइने आशा सपनामै सीमित भएको छ । मेलम्ची आउनासाथ पुरानो पाइप लाइनबाट वितरण गरिए पनि परीक्षणपछि नयाँ पाइप लाइनबाट पनि वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केय केएल)ले जनाएको छ ।
भक्तपुर कटुञ्जेको पानी पोखरीबाहेक अन्य सबै वितरण केन्द्रबाट मेलम्चीको पानी वितरण भइरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । महाराजगञ्ज, बालाजु, खुमलटार, आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरीबाट पानी वितरण भइरहेको छ । कटुञ्जेको पानीपोखरी निर्माण सम्पन्न भइसकेको छैन ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।