सर्वोच्चले भन्यो-'प्रधानमन्त्री र प्रधानन्यायाधिश बिच कुनै पनि भेट भएकाे छैन' (विज्ञप्तिसहित)

सर्वोच्चले भन्यो-'प्रधानमन्त्री र  प्रधानन्यायाधिश बिच कुनै पनि भेट भएकाे छैन' (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७८

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरावीच कुनै पनि भेट नभएको  भन्दै खण्डन समाचारको खण्डन गरेकाे छ ।

 २०७८ जेठ १० गते सोमबार राति प्रधानमन्त्री र प्रधानन्यायाधिश बिच भेट भएको भन्ने समाचारमा आएपछि सर्वोच्च अदालतले केही अनलाइन र पत्रपत्रिकामा आएका समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो

। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्न कुत्सित मनसाय राखी सत्य, तथ्य र यर्थाथ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गर्नु दुःखद अवस्था हो ।’