विश्वभर कोरोना संक्रमणमा कमी, ३५ लाख ११ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमणमा कमी, ३५ लाख ११ हजारको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७८

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ९४७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ४२ हजार ७ सयमा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । केही दिनदेखि विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य संगठनको अपडेटले देखाइरहेको छ ।

त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । हालसम्म विश्वभर १६ करोड ९० लाख  ५६ हजार ८४९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड ६ लाख ९३ हजार ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ५ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

बिहीवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ । संगठनका अनुसार ३५ लाख ११ हजार ५३२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार ८४५ जनाको ज्यान गएको छ । १ लाख १७ हजार ७७ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ३५ हजार ५२५ जनामा  संक्रमण भइसकेको छ ।त्यस्तै, ४ लाख ११ हजार ६०३ जना संक्रमित निको भइसकेका छन् ।