लोकसंवाद संवाददाता | समाचार | जेठ १४, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उहाँले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ ।
संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ ।