लोकसंवाद संवाददाता | समाचार | जेठ १७, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउनु भएको हो । पाण्डेयले ४१४० मत ल्याउनु भएको थियो भने खड्काले ३५९४ मत ।
कांग्रेसका उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम(उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
आजको मतदानमा २९७ जनाले मतदान गर्नु भएको थियो । जसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर समेत भएको थियो ।
२११ मतमध्ये पाण्डेयले ११८ मत पाउनु भएको थियो भने एमालेका उम्मेदवार खड्काले ९३ मत ।
प्रदेश सभाका ८३ मतमध्ये एक मत बदर भएको थियो । पाण्डेले ४२ मत पाउनु भएको थियो भने खड्काले ४० मत ।