लोकसंवाद संवाददाता | समाचार | जेठ १८, २०७८
अमेरिका । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २९ र ३० मेमा सम्पन्न भएको निर्वाचनबाट बुद्दिसागर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्वाचित गरेको छ ।
दुई बर्षको लागि भएको निर्वाचनले वरिष्ठ उपाध्यक्षमा कृष्ण जीवी पन्त, उपाध्यक्षहरूमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र विकासराज उप्रेतीलाई निर्वाचित गरेको छ भने महिला उपाध्यक्षमा दीक्षा बस्नेत ।
त्यसै गरी सङ्घको महासचिवमा अञ्जनकुमार चौलागाइ, सचिवमा अनुप खनाल र महिला सचिवमा सुनिता कँडेललाई निर्वाचित गरेको छ । समन्वय परिषद् अमेरिकाको कोषाध्यक्षमा राजीव श्रेष्ठ र सह कोषाध्यक्षमा अग्नि ढकाल निर्वाचित हुनु भएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार महिला संयोजकमा सुन्दरी गुरुङ,युवा संयोजकमा त्रिभुवन पाण्डे निर्वाचित हुनु भएको छ । निर्वाचित बोर्ड सदस्यहरूमा प्रकाश श्रेष्ठ,बालाराज घिमिरे, डोलनाथ घिमिरे, प्रह्लाद सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष् सङ्ग्रौला, शान्ति पौडेल, विश्वराज वास्तेला, दुर्गेश कार्की र राजु ढंगाना हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय परिषद् सदस्यहरूमा अमृत सापकोटा, सञ्जीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, सञ्जय थापा, गोविन्द सुवेदी, नारायण कँडेल, विनोद तिवारी र विष्णु शाहलाई निर्वाचित गरेको छ ।