एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०७८

काठमाडौँ । नेकपा ९एमाले० स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो ।  बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो ।