लोकसंवाद संवाददाता | कारोबार | जेठ २१, २०७८
म रामप्रकाश महतो । उमेर ४० । साबिक गा.वि.स. हर्दिया–७, हाल शुरुङ्गा नगरपालिका–२, सप्तरी । मुसकिल्ले मा.वि. बस्तीपुर,सिराहाबाट कक्ष १० सम्मको अध्ययन ।
कक्षा १० सम्मको मात्र अध्ययन भएको मैले रोजगारीको लागि धेरै ठाउँ भौँतारिए । कतै पनि मैले काम पाउन सकिन । बाबुआमासहित ६ भाइबहिनी (५भाइ १बहिनी) र आफू गरेर नौ जना परिवार पालिन धौधौ नै थियो । परिवारको जेठ सन्तान भएका कारण केही न केही आम्दानी गर्नु पर्ने अवस्था म थिए । परिवार धान्नै गाह्रो भएपछि म २०६१ सालमा एक लाख ऋण गरी म्यानपावरलाई बुझाइ वैदेशिक रोजगारमा मलेसिया गए । म करिब ४ वर्ष जति विदेशी भूमिमा आफ्नो लगानी जोस जाँगरका साथ श्रम, पसिना चुहाएर लगभग ७ लाख जति कमाई गरी स्वदेश फर्किए । गएको ऋण र घर खर्चमा नै सम्पूर्ण पैसा सकियो । पुनः परिवारको आर्थिक अवस्था विदेश जानु भन्दा अगाडिमा नै फर्कियो ।
अब के गरौँ, कसो गरौँ भन्ने अवस्थामा भौँतारिन थाले । सानोतिनो व्यवसाय गर्ने सोच लिएर कर्जा माग गर्न भनी कमलपुर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.मा गएँ । ऋण दिनुभन्दा पहिला अभिमुखी कार्यक्रम सहकारीले सञ्चालन गर्न लागेको हुँदा त्यसमा सहभागी हुन सल्लाह दिनुभयो । सहकारीले आयोजना एक दिने अभिमुखीकरण तालिम म पनि सहभागी भएँ । उक्त अभिमुखीकरण कार्यक्रम युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी गराइयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तरकारी खेतीमा पनि लगानी गर्न तयार रहेको जानकारी दिइयो ।
त्यति मात्र होइन उनी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मापदण्ड अनुसारको कर्जा लिएको किस्ता पनि नियमित तिरिरहेको छु । तरकारी खेतीको आम्दानीबाट नजिकैको भिडिया बजारमा एउटा खाजा पसल समेत सञ्चालनमा ल्याएको छु । र, आफ्ना बालबच्चालाई समेत उन्नत खालको शिक्षा दिने गरेको छु ।
अभिमुखीकरण कार्यक्रममा दिएको तालिम अनुसार नै मैले पनि तरकारी खेतीको परियोजना तयार गरी कमलपुर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.समक्ष कर्जाको लागि निवेदन दिएँ । उक्त सहकारी संस्थाले केही दिनमा नै मैले पेस गरेको तरकारी खेतीको परियोजनाका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय नै गर्यो २०७५ सालमा । सहकारी संस्थाबाट अक्षरेपि दुई लाख रुपैयाँ कर्जा लिई आफ्नै पैतृक रुपमा रुहेको आफ्नै एक बिघा जग्गा तरकारी खेती सुरु गरे । सुरुमा अलि कठिनाइ भए पनि छ महिना पछि केही सफलता हात लाग्न थाल्यो । म अहिले बाह्रै महिना तरकारी उत्पादन गर्ने गरेको छु । म आफूले उत्पादन गरेको तरकारी बयल गाडामा राखेर भिडिया बजारदेखि लहान बजारसम्म तरकारी बेच्ने गरेको छु ।
मेरो परिवारसहित छोरा १ छोरी सहित जीवन धान्न सहज भएको छ । सबै खर्च कटौती गरेर मैले वर्षको चार लाख बचत गर्ने गरेको छु । मैल अहिले तरकारी खेतीलाई विस्तार गरेर २ बिघा १० कट्ठामा जग्गा पुर्याएको छु । केही ऋण र बचाएको पैसाले १ बिघा १० कट्ठा जमिन थप जोडी सकेको छु । मेरो सिङ्गो परिवार तरकारी खेतीमा संलग्न भएका छन् । नियमित रुपमा ५ जना मानिसलाई रोजगारी दिएको छु ।
त्यति मात्र होइन उनी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मापदण्ड अनुसारको कर्जा लिएको किस्ता पनि नियमित तिरिरहेको छु । तरकारी खेतीको आम्दानीबाट नजिकैको भिडिया बजारमा एउटा खाजा पसल समेत सञ्चालनमा ल्याएको छु । र, आफ्ना बालबच्चालाई समेत उन्नत खालको शिक्षा दिने गरेको छु ।