आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर(लाप्चे, धरान(लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गर्नुभएको थियो ।

यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बाउनुभयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।