सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७८

सुदूरपश्चिम । नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

 प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा  ३० मत खसेको  थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य  छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । 

उहाँले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलले  मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।