भूपराज खड्का | दृष्टिकोण | जेठ २५, २०७८
राजकुमार महर्जन अर्थात् आरके सर भक्तपुरको बालकाेटस्थित माउन्ट भ्यु बोर्डिङ स्कुलको संस्थापक प्रिन्सिपल हुनु हुन्थ्यो । मेरो लागि तीन वटै छोराछोरीको लागि 'प्रिय प्रिन्सिपल सर' तर आरके सरका लागि भने 'छोराछोरी' भनेर सम्बोधन गर्ने गर्नु हुन्थ्यो । लगभग एक हजार भन्दा बढी विद्यार्थीमा मेरा छोराछोरीको लागि मात्र हो कि भनेर मैले चासो राखे तर आरके सरले केही प्रतिशत विद्यार्थीलाई मात्र 'छोराछोरी' भन्ने गर्नु हुँदो रहेछ । त्यसमा मेरा 'छोराछोरी' पनि पर्दा रहेछन्।
एक दिन नतिजा प्रकाशन भएको दिन विद्यालयको परिसरमा केही पहिला पुगेर आरके सरसँग देश र शिक्षा क्षेत्रका बारेमा अनौपचारिक कुराकानी गरिरहेको थिएँ । त्यही समयमा मेरा छोराछोरी नतिजा लिनको विद्यालय परिसरमा प्रवेश गरे । मैले भने-'लु सरका 'छोराछोरी' आए' । आरके सरले भन्नुभयो 'वास्तवमा यिनीहरु विद्यार्थी भन्दा पनि मेरा 'छोराछोरी' नै हुन । झनै मलाई यसो भन्नमा मेरा 'छोराछोरी' आरके सरसँग किन झ्याम्मिएका होलान् ? मलाई झनै कौतुहलता भइ रहयाे ।
एक दिन छोरीलाई चाइना जाने अवसर आयो पठाउनु पर्छ भन्दै फोन गर्नुभयो । कक्षा नौ मा अध्ययन गर्दागर्दै चाइनिज भाषा पानी सिक्दै छोरीलाई चाइना ! निकै खर्च हुने बजेट समेत सुनाउनु भयो । मैले पारिवारिक सल्लाह गरेर खबर गर्ने जानकारी दिएर फोन राखे । फेरी भोलिपल्ट आरके सरको फोन आयो होइन सर चाइनाको विश्व विद्यालयका एक प्राध्यापकले हाम्रा विद्यालयका दुई जना विद्यार्थी (इसान र कृति)को लाग 'स्पोन्सर' गर्ने हुनु भयो अब चाही नाइँ भन्न पाउनु हुन्न । दुबै जना वास्तवमा एक जना भाइलेन र एक जना बाँसुरीका विद्यार्थी थिए भने चाइनिज भाषाका विद्यार्थी पनि । आरके सरको पहलमा चाइनिज स्वयंसेवक शिक्षकले विद्यालयमा राख्नु भएको थियो । अन्ततः : आरके सर नै विजय हुनु भयो एक जना शिक्षक र दुई जना विद्यार्थी चाइना पठाउन सफल हुनुभयो।
अर्को एक दिन छोराले स्कुलको पत्र देखायो । कक्षा तीनमा पढ्दै गरेको छोराले पनि चाइनिज भाषा सिक्न इच्छा गरेको हुँदा अनुमति मागिएको रहेछ । अभिभावकको हस्ताक्षर, नाम र फोन दिन भनिएको थियो । एक पटक बेला भएको छैन भनेर भने पनि छोराको खुसीका लागि हस्ताक्षर गरिदिए । छोराले अन्य पढाइका अलवा चाइनिज भाषा सिकाइमा धेरै नै ध्यान दिएछ । चाइनिज स्वयंसेवक शिक्षक छोरालाई चाइनिज बोल्न र भाषण गर्न लगाउने स्तरमा पुगेको हामी अभिभावकले पत्तो नै पाएनौ । एक दिन चाइनिज भाषामा व्यक्तित्व कला हुन लागेको र त्यसमा भाग लिन लागेको जानकारी छोराले हामीलाई भन्दा हामीलाई पत्यार नै लागेन ।
आरके सरले एक दिन फोन गरेर आज छोरा (सगुन) विद्यालय बाहिर जाँदै छ । समयमा नै घरमा आउने जानकारी गराउनु भयो । मैले हुन्छ भनेर भने । म कार्यालयमा बसेर काम गरिरहेको समयमा फोन आयो, फोनमा हेरेँ आरके सर सरको रहेछ । फोनमा आरके सरले भन्नु भयो म सरलाई 'भेटेर सरप्राइज' दिन दिनु छ, घरमा आउन साथ भेटौँ' ।
म कार्यालयबाट घर आउनासाथ कक्षा तीनमा अध्ययनरत छोराले चाइनिज भाषाको वक्तृत्व कलामा छनोट भएको सुनायो । मैले सहज अनुमान गरे सरले दिने 'सरप्राइज' यही रहेछ । यसका बाबजुद पनि छोराछोरीका प्रिन्सिपलले फोन गरेरै बोलाएपछि नजाने कुरै भएन। गएँ । भेट्ना साथ 'सरप्राइज' अनुमान अनुसार नै थियो ।उहाँले बधाई दिनु भयो। मैले धन्यवाद भन्दै र सरलाई पनि बधाई भने ।
आरके सरले सरलाई यति कुरा फोनमै भनेको भए भइहाल्थ्यो नि ! भन्ने लागेको छैन भनेर मसँग केही कुरा झिक्न थाल्नु भयो । मैले भने फोनमा भनेको भए सरको र मेरो भेट हुँदैनथ्यो भने । त्यस्तो होइन 'हाम्रो छोरा'ले १८ वटा विद्यालयका जुनियरलाई जितेर टप थ्रीमा छनोट भएको छ । सात दिन पछि राष्ट्रिय सभागृहमा नेपालका परराष्ट्र मन्त्री र चाइनिज राजदूतको उपस्थितिमा छोराले भाषा गर्न पाउने भएको छ । प्रतियोगिता जित्नु भन्दा पनि छोराको लागि यो 'एक्सपोजर' ठुलो कुरा हो भन्ने कुरा चाहिँ भेटेर भन्न चाहेको बताउनु भयो । थप उहाँको भनाइ थियो सर र म्याडम त्यस दिन कार्यालय बिदा बसी छोराको भाषण सुन्न जानुपर्छ । निमन्त्रणा आउँछ भन्नु भयो। हिँड्ने बेलामा आरके सरले भन्नुभयो -आज भाग लिएका र छनोट भएका 'जुनियर' हेर्दा 'हाम्रो छोरा'ले प्रतियोगिता जितिसक्यो ।
लोकसंवाद डटकम सञ्चालनमा ल्याएँ । एक दिन कलम चलाउन आग्रह गरे । आफूले कलम चलाउने अभ्यास नभएको तर कोसिस गर्ने बचन दिनु भयो । छुट्ने बेलमा 'होमवर्क' दिएर मात्र हुँदैन 'होमवर्क' गर्यो कि गरेन भनेर अनुगमन गर्ने काम सरको भनेर झकझकाउन जिम्मा पनि मलाई नै दिनुभयो । त्यसो भनेको पाँचौँ दिन उहाँले लेख पठाउनु भयो ।
आरके सरको कुरा सुनेर खुसी हुँदै म घर फर्के । साँचै हाम्रो लागि निमन्त्रणा आयो । हामी राष्ट्रिय सभागृहमा समयमा नै पुग्यौँ । तर छोरालाई भने आरके सरले आफ्नै निजी गाडीमा राखेर लिएर कार्यक्रम स्थलमा लिएर जानुभएको थियो । काठमाडौँ उपत्यकाका १८ विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक, प्रिन्सिपल, १८ वटै विद्यालयका चाइनिज स्वयंसेवक शिक्षक र अतिथिले खचाखच भरिएको भव्य समारोहमा प्रतियोगिता सम्पन्न भयो । साँचै आरके सरले भने झैँ 'जुनियर' मा छोरा (सगुन) प्रथम भयो । उसले चाइनिज राजदूतावासले १५ हजार नगद र शिल्ड प्राप्त गर्यो। एउटा प्रतियोगितामा भाग लिनु र जित्नेलाई सामान्य मान्न सकिन्छ । जब वक्तव्य सकिन साथ जब चाइनिज राजदूत उठेर गएर मञ्चमा नै गएर छोरालाई धाप मार्दै अभिभावकको खोजी गरेर नै 'उसको चाइनिज भाषा नेपालीले बोले जस्तो छैन चाइनिजले बोले जस्तै छ, भन्दा कुन अभिभावक खुसी हुँदैन र ! त्यो अवसर मैले प्राप्त गरे । भलै त्यसले हाल निरन्तरता भने पाउन नसकेकोमा भने अहिले पनि थुकथुकी लागिरहेको छ ।
प्ले वे मेथोडकाे विद्यालयको 'ब्रान्ड' स्थापित गर्नेदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत स्टुडेन्ट क्वालिटी सर्कल (एसक्युसी) लाई पहिलो पटक पठनपाठन गर्न गराउन सफल आरके सर आफ्ना विद्यार्थीको लागि केही न केही अलग्गै ज्ञान लिन प्रेरित गर्नु हुन्थ्यो। त्यसै अनुरूप मेरो धरमा एक जना बाँसुरीको विद्यार्थी, एक जना भइलन र एक जना फुटबलाका विद्यार्थी रहका छन् । करिब १३ वर्षका अनेकौँ घट्न एउटा आलेखमा समेट्न असम्भव छ ।
मेरो लामो शिक्षा पत्रकारितामा संलग्नताको बारेमा जानकार आरके सर मसँग भेट्न शिक्षा क्षेत्रका सबल पक्ष भक्तपुरलाई शिक्षाको पर्यटन जिल्ला भनेर स्थापित कसरी गर्ने होला भने घण्टौँ छलफल गर्ने गर्थ्यौ बाटो वा विद्यालयमा । जब मैले लोकसंवाद डटकम सञ्चालनमा ल्याएँ । एक दिन कलम चलाउन आग्रह गरेँ मैले । आफूले कलम चलाउने अभ्यास नभएको तर कोसिस गर्ने बचन दिनु भयो । छुट्ने बेलमा 'होमवर्क' दिएर मात्र हुँदैन 'होमवर्क' गर्यो कि गरेन भनेर अनुगमन गर्ने काम सरको भनेर झकझकाउन जिम्मा पनि मलाई नै दिनुभयो । त्यसो भनेको पाँचौँ दिन उहाँले लेख पठाउनु भयो । प्राप्त हुनासाथ लोकसंवाद डटकममा प्रकाशन भयो । सायद सोमबार थियो । उहाँले उक्त लेखमा अभूतपूर्व प्रतिक्रिया पाउनु भएछ । लेख छापिएको भोलिपल्ट फोन गर्दै भन्नु भयो एउटा लेखमा २ सय भन्दा बढी प्रतिक्रिया लिखित रुपमा र हजारौँ ले सेयरले मलाई उत्साहित बनायो । सयौँ फोन आयो । मलाई नियमित कुन बार लेखौँ भनेर सोध्नु भयो । मैले सोमबार नै गरौँ भने । उहाँसँग शनिवार लेख्ने र आइतबार पठाउने सहमति भयो । वास्तवमै चाहेर नचाहेर लोकसंवाद डट कमको ख्यालख्याल मै नियमित स्तम्भकार बन्न पुग्नु भयो ।
छ महिना भन्दा लामो लकडाउन पछि जब विद्यालयमा अनलाइन कक्षा चलाउने सुरु भयो । त्यसका बाबजुद नियमित स्तम्भ जारी रह्याे । केही समय स्थगित गरौँ अनलाइन कक्षा व्यवस्थित गरेपछि लेख्ने अरु पनि केही अभियान मिलेर गर्ने प्रस्ताव राख्नु भयो । केही समय सम्पर्क भएन हठात् २०७८ वैशाखको दोस्रो हप्ता कोरा सङ्क्रमण भएर अस्पतालमा भर्ना भएको थाहा भयो । सुरुमा अलि गारो भएको तर कोरोना नेगेटिभ आएको र सामान्य बेडमा सारिएको र सुधार भएको खबर स्वयं आरके सर फेसबुकमा लेख्नु भएको थियो । तर दुःखको कुरा २०७८ जेठ २५ गत अपराह्न पानी सड्केको निहुँमा आरके सरले हामी सबैलाई छोडेर जानु भयो । मेरा छोराछोरीले आफ्ना प्रिय प्रिन्सिपल सर, लाेकसंवाद डटकमले नियमित स्तम्भकार र मुना मेम र इसान महर्जनले असल अभिभावक गुमाएका छौँ । यस्तो अवस्थामा आरके सर प्रति हार्दिक श्रद्धाञ्जली शोक सन्तप्त परिवार प्रति समवेदान ।
नियमित स्तम्भकार रुपमा लेखिएका आरके सरका लेखहरु
बालक, डोको र संस्कार : बदला र प्रतिशोधको पाठ
विद्यालय र विषयको छनोट: सन्तान कि अभिभावकको स्वार्थ अगाडि ?
सिंहको डमरु, भेडाको संगत र हाम्रा छोराछोरीहरू
बालबालिका, खेलौना र आमाबाबुको सम्बन्ध
किन बढ्छ सन्तान र आमाबाबुबीच असमझदारी वा दूरी ?
छोराछोरीहरूलाई आफ्नाे सपनाको भारी बोक्ने भरियाको व्यवहार किन ?
बाबुआमाको लागि छोराछोरी हुर्काउने मार्गचित्र
अभिभाकीय गुण, क्षमता र भूमिकाः छोराछोरीहरूलाई असल र सफल बनाउने सूत्र
कोरोना सन्त्रास, बालमनोविज्ञान र अभिभावकको भूमिका
लकडाउनलाई दशैँ-तिहारको बिदा सम्झेर देश बर्बाद गर्न उद्यत 'डुलुवा घुमुवा'हरूका नाममा
लकडाउन : कसरी अवसरमा बदल्न सकिन्छ चुनौतीलाई ?
देशभक्ति प्रमाणित गर्ने अवसरः शिक्षा दिने नाममा नोकर उत्पादन गर्ने कारखानालाई बन्द गर्ने हाे कि !
सरकारलाई ११ सुझावः लकडाउन पछि उत्पन्न हुन सक्ने भयावह चुनौतीलाई कसरी सामना गर्ने ?
ढोकैमा आएका चुनौतीकाे सामना गर्ने उपायः स्व–अनुशासनदेखि स्व-उत्पादनकाे 'मेड इन नेपाल'सम्म
कोराेनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ? प्रविधि साक्षर अभिभावक र प्राविधिक शिक्षकबाट मात्र सिकाई सम्भव
अनलाइन कक्षामाथि सरकारको मुक्का प्रहार : प्रविधिको खोइरो उतार्न प्रविधिकै साहारा !
प्रविधिमा साक्षर उन्मुख विद्याथी र अभिभावक : सर ! हाम्रो अनलाइन कक्षा बन्द नगर्नुस् है ?'
अनलाइन कक्षा माथिको टिका टिप्पणी : नेपालमा सुरु गर्ने बेला नभएकै हो त ?
शिक्षामा छुवाछुत : समग्र शिक्षा क्षेत्रको अपमान र मनोबल गिराएर कस्तो संवृद्ध नेपालको ढ्वाङ पिट्दै छ सरकार ?
अभिभावक स्वयंको अग्रसरता : लकडाउनमा शिक्षण सिकाइका ६ विकल्पहरू
प्रभावकारी अनलाइन कक्षा : शिक्षक, अभिभावक, समुदाय, स्थानीय र सङ्घीय सरकार क-कसको भूमिका के ?
होम स्कुलिङ लकडाउनको शैक्षिक विकल्प : शिक्षण योजना र कार्यान्वयनका चुनौती