लोकसंवाद संवाददाता | समाचार | असार ०३, २०७८
काठमाडौँ । नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल खेमाले स्थायी कमिटी बैठक बोलाएको छ । नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक आजै बोलाएका हुन् । केहीबेरमै बैठक सुरु हुने उक्त खेमाका एक नेताले बताए ।
भारतको नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोपलगायतबारे छलफल गर्न बैठक बोलाइएको बताइए पनि पार्टीभित्रको किचलोबारे पनि छलफल हुन सक्ने आँकलन गरिएको छ ।