लोकसंवाद संवाददाता | साहित्य | असार १०, २०७८
चितवन । चितवन साहित्य परिषद्का पूर्वाध्यक्ष श्रीभक्तअच्युत र उहाँकी श्रीमती गीता वाग्लेले ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ स्थापना गर्नुभएको छ । उहाँहरुले पुरस्कारका लागि पाँच लाख दुई हजार ४५ को चेक विसं २०४५ मा स्थापित परिषद्लाई हस्तान्तरण गर्नुभयो ।
श्रीभक्तका अनुसार सो रकमले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिलाई ३५ हजार ४५ नगदसहित पुरस्कृत गरिने छ । श्रीभक्तकै संयोजकत्वमा परिषद्को आफ्नै भवन पनि निर्माण गरिएको छ ।
वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले साहित्यकारलाई थप ऊर्जा प्रदान गर्न पुरस्कारको राशि हस्तान्तरण गरिएको बताउनुभयो । परिषद्का अध्यक्ष सुरेन्द्रप्रसाद अस्तफलले देशभरबाट एक वर्षमा प्रकाशित साहित्यिक पुस्तकमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।