अमेरिकी सैनिकको फिर्ता : तालिबानद्वारा फाइदा उठाउँदै अफगानिस्तानका ३० जिल्ला कब्जा !

अमेरिकी सैनिकको फिर्ता :  तालिबानद्वारा फाइदा उठाउँदै अफगानिस्तानका ३० जिल्ला कब्जा !

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ११, २०७८

पछिल्ला केही सातामा अफगानिस्तानका केही जिल्लामाथि तालिबानले कब्जा गरेको छ । यससँगै केही पूर्व अफगान लडाकु र कमाण्डरहरुले युद्धको मैदानमा फर्किने इच्छा जाहेर समेत गरेका छन् । पूर्वलडाकुहरुले देशको उत्तर र पश्चिमी प्रान्तमा तालिबानको बढ्दो प्रभाव रोक्नमा सरकारी फौजको असफलताका कारण एक संयुक्त मोर्चा बनाउन आवश्यक छ । ९० को दशकमा तालिबान विरोधी नर्दन एलायन्सका सदस्य रहेका केही लडाकु आफ्नो गढमा अहिले पनि शक्तिशाली छन् र उनीहरुको दबदबा कायमै छ। तर कुनै बलियो संयुक्त मोर्चा बिना तालिबानको मुकाबिला गर्नु उनीहरुका लागि फलामको च्युरा चपाउनुजस्तै कठिन छ। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको सुरुवात मे महिनादेखि भएको हो । त्यहीदेखि तालिबानले सरकारी सेनाविरुद्ध आफ्नो अभियान तीव्र पारेको छ । 

अहिलेसम्म तालिबानले अफगानिस्तानका ३० जिल्लामा कब्जा जमाइसकेको छ । यिनीहरुमध्ये केही पछि सरकारी सेनाले पुनः कब्जा गरेको छ । तर अवस्था झन पछि झन बिग्रदै गएको छ र तालिबान शक्तिशाली बन्दै गएको छ । 

तालिबानको यो जितबारे सरकारको तर्क 

अफगान सरकार जिल्लाहरुमाथि तालिबानको कब्जाको रिपोर्ट नै गलत भएको बताउँछ। सरकारले अमेरिकी सेना सामरिक हिसाबले फर्किएको र नागरिकको ज्यान जाने क्रम कम भन्दा कम होस् भन्ने चाहेको बताएको छ । १६ जुनमा हाइ काउन्सिल फर नेशनल रिकन्सिलिएसन (एचसीआर) का अध्यक्ष अब्दुल्ला अब्दुल्लाले भने, ‘तालिबान, अमेरिकी सैनिकको फिर्ताको अवसरको फाइदा उठाएर लडाईको मैदानमा विजेता बन्ने कोशिस गरिरहेको छ।’

हालैका हप्तामा तालिबानले अधिकांश हमला उत्तर र पश्चिमी इलाकामा गरेको छ । जहाँ ताजिक, हजारा र उज्बेकको प्रभाव छ । यी सम्प्रदाय सधैं तालिबानको विरोधीका रुपमा छन् र उनीहरुको डटेर मुकाबिला गरिरहेका छन् ।

यसैकारण पनि उत्तरमा गैरपश्तुन जातीय समूहमा पनि तालिबानको प्रभाव वृद्धि भएको छ । अफगानी अखबार अरमान–ए–मेलीले आफ्नो एक सम्पादकीयमा भनिएको छ - महत्वपूर्ण मोर्चा बनाउनका लागि धेरै ठूलो मात्रा र व्यापक स्तरमा लामबद्ध हुन जरुरी छ ।

एक निजी अखबार सुब–ए–काबुलको एक लेखमा लेखिएको छ, ‘आफ्नो सामाजिक र सांस्कृतिक तानाबानाका कारण उत्तरी क्षेत्रमा कब्जा गर्न तालिबान या अन्य चरमपन्थीका लागि महत्वपूर्ण छ।’

अखबारमा लेखिएको छ, ‘यदि पहिलेदेखि नै प्रभावित पश्तुन समूह उत्तरमा कबायलियोसँग गठजोडका कारण आफ्नो नियन्त्रण कायम राख्न सफल भयो । उनीहरुका लागि दक्षिण र पूर्वी क्षेत्रमा कब्जा गर्न सहज हुनेछ ।’ 

के तालिबानको बढ्दो कदम रोक्नका लागि अफगानिस्तानमा कुनै कामयाबी संयुक्त मोर्चा अस्तित्वमा आउन सक्छ ? यस्तो कुनै पहलका लागि राशिद दोस्तम, अता मोहम्मद नूर र मोहम्मद मोहाकिक नामका तीन कमाण्डरको भूमिका महत्वपूर्ण हुनेछ। आफ्नो आफ्नो सम्प्रदाय र इलाकामा शक्तिशाली यी तीन कमाण्डर गैर पश्तुन हुन् । दोस्तम उज्बेक हुन्, नुर ताजिक र मोहकिक हजारा समुदायका हुन् । उनीहरु एक समयमा नर्दन एलायन्स नामको शक्तिशाली फौजी संगठनमा आबद्ध थिए । 

अब्दुल राशित दोस्तम

दोस्तम सरकारको सुरक्षा नीतिको कडा आलोचक हुन् । उनी आफ्ना छोरा यार मोहम्मद दोस्तमसँगै उत्तरमा फरयाब, जोजजन र सर–ए–पुलजस्ता प्रान्तमा तालिबानलाई थप अघि बढ्न रोक्नका लागि युद्धमा फर्किएका छन्।

उनले शान्ति प्रक्रियालाई लिएर हरेक समय निराशा र आक्रोश पोख्ने गरेका थिए । हालै दोस्तमले भनेका थिए, ‘यो कुनै मजाक होइन र युद्ध हो । अब अमेरिकाले पहिलेजस्तो हाम्रो समर्थन गरिरहेको छैन र हाम्रो सुरक्षाका लागि उनीहरुका लडाकू विमान पनि छैनन्।’ उनी भन्छन्, ‘यदि उत्तरी इलाकामा तालिबानले कब्जा जमायो भने अफगानिस्तान ध्वस्त हुनेछ।’ उपराष्ट्रपतिका रुपमा आफ्नो कार्यकालमा दोस्तमले उत्तरमा तालिबानविरुद्ध केही सफल सैन्य हमलाको नेतृत्व गरेका थिए । तर यो अभियानलाई युद्ध अपराध र मानवअधिकार उल्लंघनको आरोप लागेको थियो । त्यसपछि उज्बेकमा उनको प्रभाव कम भएको र केही उज्बेक तालिबानको पक्षमा जाने निर्णयमा पुगेको समेत बताइन्छ । यसका साथै फरयाब प्रान्तका गभर्नरलाई हटाउनेदेखि राजनीतिक असहमतिका कारण केन्द्र सरकारसँग उनको सम्बन्धमा दरार पैदा भएको थियो ।

अता मोहम्मद नूर

अता मोहम्मद नूर पनि यसैगरी आफ्नो राजनीतिक पार्टी जमियत–ए–इस्लामीमा आन्तरिक झगडाका कारण कमजोर भएका छन् । नूर आफ्नो फेसबुक पोस्टमा लेख्छन्, ‘सत्ता, धन, संसाधन, हतियार र युद्धको कमाण्ड सरकारसँग छ । तर दुर्भाग्य यो छ कि के गर्नुपर्छ भन्ने सरकारलाई नै जानकारी छैन ।’ नूर लेख्छन्, ‘व्यापक सहमति बिना दुश्मनलाई रोक्न मुस्किल हुन्छ ।’

मोहकिक

उता मध्य र उत्तरी प्रान्तका हजारा समुदायमा खास प्रभाव रहेका मोहकिकले हालै आफूले तालिबानविरुद्ध १० हजार मानिसलाई लामबद्ध गरेको दाबी गरेका थिए । साथै उनले तालिबानविरोधी कुनै पनि मोर्चामा सरकारको सहभागिता महत्वपूर्ण हुने बताएका थिए । 

संयुक्त मोर्चा

अफगानिस्तानको अवस्था जस्तो छ, यस्तै अवस्थामा संयुक्त मोर्चा गठनमा दुई समस्या छन् । पहिलो विगतका शक्तिशाली कमाण्डरले गुमाउँदै गएको शक्ति र अर्को भनेको तालिबानविरोधी नेताहरुमा एकताको कमी छ । केही ठूला सहर तालिबानको कब्जामा गएपछि तालिबानविरुद्ध युद्ध लड्ने बनाउने नेताले नै मौनता साँधेका छन् । उदाहरणका लागि पूर्व जिहादी कमाण्डर इस्माइल खान ।

इस्माइल ठूला सहरको सुरक्षाका लागि तयार रहेको बताउँदै आएका थिए । उनको गृह प्रान्त हेरातका केही जिल्लामा तालिबानले कब्जा गरेका छन् । यसका बाबजुद उनले आफ्नो गुमेको इलाका फिर्ताका लागि कुनै कदम चालेनन् । यसैगरी जमियतका प्रमुख सलाहुद्दिन रब्बानी पनि आफ्नो गृहप्रान्त बदख्शांको अरगजख्वा जिल्लामा तालिबानबो कब्जाप्रति मौन बसे ।

नर्दन एलायन्सका जनरल भइसकेका अहमद शाह मसूदका छोरा अहमद मसूद, तालिबानसँगको युद्धका लागि पहिलेजस्तो आफ्नो तत्परता देखाउन पनि असफल देखिए । दोस्तम, मोहकिक र नुर तालिबानविरुद्धको लडाईमा आफ्नो एलायन्स फेरि जीवित बनाउनेतिर अघि बढेका छन् । केही तालिबानविरोधी नेताको नीति अझै स्पष्ट भएको छैन । उत्तरी अफगानिस्तानको अवस्था ९० को दशकभन्दा धेरै फरक भइरहेको छ । त्यसबेलाका नेताहरु केही धनी भए पनि उनीहरुको राजनीतिक प्रभाव कम हुँदै गएको छ ।

यसका कारण अहमद शाह मसूद र बुरहानुद्दिन रब्बानीजस्ता चर्चित नेताको अनुपस्थिति पनि हो । अब उनीहरु पहिलेजस्तो केन्द्र सरकारमाथि दबाब बनाउन सक्षम छैनन् । यसैकारण पनि उत्तरमा गैरपश्तुन जातीय समूहमा पनि तालिबानको प्रभाव वृद्धि भएको छ । अफगानी अखबार अरमान–ए–मेलीले आफ्नो एक सम्पादकीयमा भनिएको छ - महत्वपूर्ण मोर्चा बनाउनका लागि धेरै ठूलो मात्रा र व्यापक स्तरमा लामबद्ध हुन जरुरी छ ।