देवीप्रसाद घिमिरे | साहित्य | असार १९, २०७८
मानवजीवन चुनौती नै चुनौतीहरुको पहाड हो । यसलाई सामाना गर्दै जीवनलाई अवसरको रुपमा सदुपयोग गरौँ । मानव जीवन जिज्ञाषा समस्या चुनौति, सघर्ष, धैर्यता शाहस सहनशिलताको समिश्रण सङघ हो । यसलाई सहि तरिकाले बुझन सके सकारात्मक आखाँले हेर्नसके जीवन फुलै फुल हो तर जीवनलाई हेर्ने द्धष्टिकोण फरक भयो भने जीवन काडौ काँडाले झाँगिएको अकाट्य जङ्गल हो । जस्लाई छिचोलेर मङ्गल पा्रप्त गर्न व्यक्ति स्वमंले निरन्तर सङ्घर्ष गर्नै पर्छ ।
जाँगर न सागर खानेवेला आँगर भनेझै आलश्यमा आफ्नो जुम्सोपन लुकाएर बसीबसी खान खोज्ने हन्तकालीहरु सधैँ सधैँ नकारात्मक सोच बोकेर समाजमा केही भएन केही हुँदैन भन्दै निराशा बाँडिरहेका हुन्छन । भएको संरक्षण नगरेर नभएको खोजी गर्छन, निराशा र नकारात्मक भ्रम छर्छन । क्षणिक आनन्द कमाएर आत्मरतीमा रमाउँछन, गलत बाटो अपनाएर कुस्त कमाउँछन सोझा माथि शासन गर्न कालो धनको विस्कुत फिजाउँछन । धनकै प्रभावमा सत्ता र शक्क्तिलाई रिझाउँछन् अनि निरन्तर आफ्ना ओरिपरि अरौटे भरौटे, कुरौटे हरुको झुन्डरि भेला गरेर भन्न थाल्छन यो भएन त्यो भएन तर किन भएन, कसरी भएन कसका कारणले भएन भन्न हिचकिचाउँछन । जीवन सर्वोत्तम सुन्दरता हो तर त्यसलाई चिन्न सक्दैनन, प्रशंसाको सट्टा निरन्तर निन्दामात्र गर्दछन । जीवन एउटा सुमधुर गीतहो तर यसलाई गाउन विरोध गर्छन, जीवन स्वयं भाग्यहो यसलाई निर्माण गर्न नजानेर निरन्तर विरोधमात्र गरेर समय बिताउँछ मान्छे ।
जीवन त कर्तव्य हो नि तर कर्तव्य च्यूतभएर निरन्तर भ्रमको खेती गर्दै कामगर्ने परीश्रम र पसीना पोख्ने सरल समूदायमा गएर नकारात्मक जहर घोल्न थाल्छन निराशा बाँड्नेहरु सधैं सधैं झुटको खातामात्र खोल्न थाल्छन । हरेक चुनौतीहरुको सामना गर्दै, आशाका स्वरहरु उरालेर सिर्जनाका फूलहरु उमार्दै समृद्धिका सपना साकार गर्ने यात्रामा लागेकाहरुलाई खुट्टा तानेर पछार्दै विध्वंसक् सपना तुन्न व्यस्तछन मानिस अरुको अक्कलको नक्कल गर्दै आफ्नोपन आफ्नोमन आफ्नो धनको सदूपयोग गर्न भन्दा बसीबसी भ्रम उमारेर भ्रमकै आलिशान महल बनाउदैै निरन्तर नियम मिचेर वेनियम गर्नेहरु, थिति विगारेर वेथिति गर्नेहरु, स्वार्थले विवेकलाई खरित गर्नेहरु, सधैं सधैं मपाइत्व प्रदर्शन गर्छन । आफू र आफन्तको सातपुस्ता लाई पुग्ने कमाउने ध्याउन्नमा पाठीको घिचो्र, लाटीको तिघा्रे चिमोटेर मदहोस जीवनमा रिवन काटेर गरीव निरिह नागरिकहरुका नशा नशाको रगत पसीना चाटिरहेछन । गाईमारेर गधाहा पोष्छन, स्वार्थपुरागर्न आफ्नै घरमा आगो झोस्छन ।
निरन्तरको सकारात्मक प्रयासले व्यक्तिलाई पूर्णता दिन्छ । बुद्धिभन्दा ठुलो सम्पती, धैर्यभन्दा ठूलो हतियार, विस्वास भन्दा ठूलो सुरक्षा, मुस्कान भन्दा ठूलो मित्रता, सेवाभन्दा ठूलो सम्पर्ण हाँसो भन्दा ठूलो औषधी नै छैन । हरेक वस्तुमा अथाह सम्भावना लूकेको हुन्छ । हिलोमा कमल फूलेको हुन्छ। काँडाहरुकै बिचमा गुलाफ फूलेको हुन्छ । हत्केलाले सूर्य छेकिदैन, दुष्टका मनको कुरा देखिदैन, तर विचार र व्यवहार सकारात्मक भयो भने, समय र कर्म पनि सकारात्मक बन्न थाल्छ, फोहर पनि उत्पादक मल बनेर मोहर कमाउन थाल्छ ।
निर्ममता निर्दयिताको कठोरता प्रस्तुत गर्दै भाइमारेर भकारी भर्नसमेत पछाडि नपर्ने मेरा अक्कली लालबुुझक्करहरुको सोचले आजका कलिला वालवालिका हरुको बाल मष्तिष्कमा सिर्जना, समर्पण त्याग, विस्वास, अभ्यास होइन, वितृष्णा विद्रोह र विखन्मको जहर विखण्डन नशानशामा घोल्दै छन । आफ्नो सन्तान विदेशका सुविधा सम्पन्न स्थानमा पढाउँछन अनि यहाँ गरीवका छोराछोरी लडाउँछन, भिडाउँछन हातमा पुस्तक लिनुपर्ने कलिलाहातमा हतियार थमाउँछन र आफ्नो प्रभुत्व जमाउँछन निरन्तर निर्माणको होइन सिर्जनाको होइन विध्वंसको, विखण्डको बेमेलको भ्रम न छरेर वितृष्णा र विग्रहको विजारोपण गर्छन भ्रमको खेती गर्नेहरु जीवनको महत्व नवुझेका सिर्जना गर्छन ।
सकारात्मक लेख्न, सकारात्मक देख्न सकारात्मक सोच्न, सकारात्मक सुन्नबाट निरन्तर बन्चित गरेर यूवाहरुमा निराशाको भ्रम छरेर निष्तेज बनाउँदै विदेश पलायनका लागि प्रोत्सान गरिरहेछन । डरलाग्दो जहर कोमल मष्तिष्कमा छरिरहेछन । आफू र आफन्त बन्नपाए सवै राम्रो सवै उत्तम, सवै सुन्दर देख्नेहरुले अरुका सोझा छोराछोरीको जीवन बर्वादमात्र गर्दै छैनन, भोलि आउने भविष्य यिनै युवाको काँधमा सुम्पनु पर्छ ।
तर विउ अनुसारको वालो, गुरु अनुसारको चेलो भनेझै आजको पुस्तालाई हामीले के सिकायौँ रु के पढायौँ के दियौँ । अनि भोलिको कस्तो आशा गर्दै छौ रु आजको जटिल तर निरुचर प्रश्न हो यो । वालकको सुन्दर भविष्यको बर्बादी गर्ने अधिकार हामीमा थियो कि थिएन ! आफ्नो भाग्य आफैलेख्ने सुन्दर हातहरुमा ढुङ्गा थमाएर शिशाको घरतर्फ बर्साउन सिकाउने हामीले कस्तोे सँस्कार दिदैछौँ ? हाम्रो स्वार्थलाई देखेर आज लाज पनि लजाउन थालेको छ । एउटा अकल्पनीय, अराजक, असामाजिक, असहिष्णु, अविवेकी, समाजको सिर्जना त गर्दै छैनौ ? हामीले । स्वार्थको नाङ्गो नाचमा बालकको बालापन खोसियो युवाको पाखुरी बेचियो, जोश बेचियो, जाँगर बेचियो, उत्साह बेचियो, उमङ्ग बेचियो अनि कसरी विकास हुन्छ त ?
सकारात्मक सोचकोे आज स्वार्थको आक्रमणले ज्ञान फेलभयो, विज्ञान फेलभयो, भाग्य फेलभयो, भविष्य फेलभयो, विकास फेलभयो, निर्माण फेलभयो । तर पनि मानिस निरन्तर नकारात्मक भ्रमको खेती गर्छ र नैराश्यतको विजारोपक गर्छ र स्वार्थ पूर्तिका लागि आफू पूर्ण सुरक्षित रहन्छ । यस्ता गाईमारा भाइमारा, वर्तमानमारा, भविष्यमारा, देशमारा, प्रवृत्ति प्रति समयमै सचेत बनेर सकारात्मक सोचको विजारोपण गर्न सकेनौ भने हामी एउटा अनिश्चित अन्धकार भविष्यको निर्माण गर्ने विध्यंसकारी मात्र हुने छौँ । हामीलाई आउने भविष्यले समेत धिक्कार्नेछ । त्यतिन्जेलमा समय भड्किसकेको हुनेछ, हामी केवल पश्चाताप मात्र गर्ने छौँ । हामीले सकारात्मक कुरा प्रकृतिबाट सिकौँ, भमराको कठोर लात, काँडाहरुको अन्तरर्घात हावापानीको प्रतिघात, मानिसले निरन्तर दिएको आहत सहेर पनि गुलाफ सधैँ मुस्कुराई रहन्छ, फूलको सुगन्ध छरी रहन्छ ।
प्रतिवाद गर्दैन, प्रतिशोध लिदैन निरन्तर निरन्तर सुवास छर्छ, छरिनै रहन्छ । के हामी पनि फूल जस्तै कोमल सहनशिल, शत्रुलाई पनि सम्मान गर्नसक्ने, विपत्मा पनि फूल्न सक्ने बन्न सक्दैनौ र ? अनुभव भन्दा ठूलो गुरु हुँदैन, आफैले प्रयत्न नगरेसम्म केही सुरु हुदैन, विवेक भन्दा ठूलो ज्ञान हुँदैन, समर्पण भन्दा ठूलो मान हुँदैन, त्याग भन्दा ठूलो कर्म हुँदैन उपकार भन्दा ठूलो धर्म हुँदैन । तर किन हामी चिन्तालाई मात्र बोकेर दुःख खेप्छौ अव त चिन्तन गर्ने समय आयो ।
स्वार्थीे भन्दा ठूलो रोग लोभ भन्दा ठूलो भोग धरतीमा छैन । हामीले अव व्यूँझने समय आएको छ । जीवन एउटा अनुभवनै अनुभवको ग्रन्थ हो । स्वार्थ अभियान त्यागेर शहनशिलता, सरलता लाई अँगालौ । हामीलाई कहिले हतियारले कहिले मतियारले कहिले अंशियारले कहिले संथियारले लुट्न खोजे, चिथोर्न खोजे तर पनि हामी भित्रको सकारात्मक सोच, निस्वार्थभाव, पूर्खाको जोशले आज आ–आफ्नो पहिचान पाउन सफलभएका छौँ । हामी प्रकृति पूजक हौँ निस्वार्थ सर्जक हौँ । यहाँ के छैन र विश्वको सर्वोचता यहीं छ सँस्कृतिको उच्चता यही छ, प्रकृतिको विराटता यही छ । यहाँका प्रत्येक ढुङ्गामा झरनाको पानीले निरन्तर कला कुदिरहेको छ । अमृत समान जरुवाको पानीमा आरोग्यताको औषधी छ ।
यहाँका प्रत्येक वनस्पतीमा सञ्जीवनीको जाइछ । पानीमा शक्ति छ भावना छ, उर्वरता छ । सकारात्मक चिन्तनको अभावमा हामीले आफूसँग भएको बैभव नचिनेर रनवन भौतारिएका छौँ । हामी शिरमा हिराको हार हातमा सुनको थाल बोकेर निरन्तर भिक मागीरहेछौ आफू र आफ्नो महत्व आफ्नोपन नचिनेर आज स्वाभिमान गुमाएर मुक्तमान भोगी रहेका छौँ । सवैकुरा सम्भवछ । गरे के हुदैन । म सक्छु, म गर्छु भोलि होेइन आज र अहिल्यै केही गर्छु भन्ने यूवाशक्क्तिहरुलाई प्रोत्सानको खाँचो छ, प्रविधिको खाँचोछ, हौसलाको, खाँचोछ । अव हामीले आफ्नै बारीमा आफ्नै टारीमा समृद्धिको सपना फूलाउनु पर्छ ।
यूवा जोश जाँगर वैज्ञानिक सीप र प्रविधि, कृषिमा क्रान्ति वैेज्ञानिक जीवन उपयोगी शिक्षालाई स्थापित गरेर नकारात्मक भ्रमलाई विस्थापित गर्नु पर्छ । अव माटोको सुगन्धमा ममताको वेर्ना उमारदै सफलताका कथाहरु सिर्जना गर्नु पर्छ । यूवाका पाखुरीहरु जुटेभने यो देश उठ्छ । सस्कृति उठ्छ, सस्कार उठ्छ यो सगैँ हाम्रो स्वाभिमानी शिर उठ्छ । हाम्रो पहिचान भिखमागेर खानेवाट भिखवाँडेर खानेमा दरिन्छ । मैले गरेजति सवैकाम ठीक र अरुले गरेका सवैकाम वेठिक देख्ने मैले भनेपछि जसरी पनि भने । यो मैले भनेको ठिक अरले भनेको सवै वेठिक भन्ने हाम्रो प्रवृत्तिमा परिवर्तन आउनुपर्छ । आफूले काम गरेर गोजीमा दाम परेपछि त्यसैको बदनाम गर्ने बेनाम गराउने हाम्रो नेपाली स्वभाबलाई हामी आफैले परिवर्तन गरेर भएको कामलाई भयो भन्न सक्नुपर्छ ।
सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्नुपर्छ । देखेको कुरा देखिन भन्न, सुनेको कुरा सुनिन भन्न, पढेको कुरा पढिन भन्न, खाएको कुरा खाईन भन्न, गएको स्थानमा गइन भन्दै नियमलाइ वेनियमको साँचोमा फनफनी घुमाउँदै हिसावलाई वेहिसाव गर्न पल्केका द्रव्यपिशाचहरुले सधै नकारात्मक नैराश्यता बाँड्न छोड्नु पर्छ । काम गर्नेले माम खाने परम्पराको विकास गर्नुपर्छ । अव सकारात्मक सोच सकारात्मक विचार सकारात्मक व्यवहार को विकास समयको आवश्यकता हो । समय अनुसार विचरण गर्न आफूले आफैंलाई विस्वास गरौं, सम्मान गरौं ।
आज जताततै यस्तै नकारात्मक सोचले व्यस्त भएको छ । यसको वास्तविकता खोजि गर्दा आफूले काम गर्दा गोजीमा दाम भर्न पल्किएका नगदेश्वरीका परम भक्क्तहरु स्यालको हुईया फिजाउदै नकारात्मक सोचको खेती गर्न थालेका अगस्तीहरु देश र जनताको हितमा होइन आफन्त परिवार नातागोता इष्टमित्र चम्चे भरौटेहरुलाई पोष्न पाए सम्म सवै ठीक तर त्यही बाटो धारो वन्यो पूल पूलेसा बने विकास निर्माण भयो जनताले सुखको सास फेर्ने अवसरको ढोका खुल्यो भने त्यो सबै गलत भन्ने स्वार्थीहरु रहेसम्म हामी सर्वसाधरणले कसरी बाँच्ने ।
कमाउने उनै जमाउने उनै, स्वर उनैको ठूलो भकारी उनैको ठूलो, गाडी उन्रैका राम्रा, गाला उनैका चिल्ला, हामी निरिह जनताहरु केवल पसीना पोख्छौँ मूल्य पाउदैनौ, श्रम गछौँ सम्मान पाउँदैनौ, रोग जनतालाई भोग जनतालाई आपद विपत जनतालाई श्रम जनतालाई सिर्जना जनतालाई दोस जनतालाई, भोक जनतालाई अभाब जनतालाई अशिक्षा जनतालाई कुपोषण जनतालाई ऋण जनतालाई हेला जनतालाई अपमान जनतालाई उपेक्षा जनतालाई अनि खोइत सकारात्मक सोच भोट नेतालाई नोट नेतालाई सलोट नेतालाई पजेरो नेतालाई तर जनतालाई खाली गोजेरो मात्र भएर पनि हामी सत्यलाई सत्यनै भन्छौँ राम्रोलाई राम्रो नै भन्छौँ असललाई असलनै भन्छौँ ।
हामी पोष्टिकताले पुर्ण अन्नामृत फलाएर कौडीका भरमा बेचेर आफ्नो खरखाँचो टार्छौ अनि कुहिएका उसिना किनेर खान बाद्य छौँ । यहा प्रसस्तै सम्भाबनाहरु छन् । मनमा सकारात्मक सोच शरीरमा पहराफोर्ने जोश बोकेका हरेक यूवाहरुका पाखुरीले कुटो कोदालो स्वदेशमै चलाउन पाउने अवसरको खोजी गरौँ । वैज्ञानिक कृषिक्रान्ति सुरुगरौँ । म सक्छु, हामी सक्छौ गरे के हुदैन भन्ने प्रेरणा र प्रोत्साहन बाँडौ । आफ्नै खोरिया फाडौँ माटो सुमसुम्याउ पसीना पोखौ । श्रमबजारका प्रशस्त अवसर यही उमार्न सकिन्छ । अन्नका भकारी यही भरिन्छन ।
पौष्टिकताले भरिपूर्ण फलफूल यही छन प्रकृति यही छ, संस्कार यही छ, संस्कृति यही छ, समृद्धि यही छ । मात्र प्रयास छैन, प्रोत्साहन छैन, अवसर छ आश्था छैन सधै राम्रो सुनौ राम्रो गरौ सकारात्मक सोच लिएर समृद्धिको फूल फूलाऔ आपसी वेमेनसयता हटाऔ – आलश्यलाई डाँडा कटाऔँ । श्रमिक छौँ बजार छैन, बेरोजगार छौँ सीप छैन, ममता छ सिर्जना छैन, त्यसैले अव प्र्रेरणा आफै भित्र छ, भएकोलाई भयो भनौ राम्रो लाई राम्रो भनौ, यूवाभित्र झाँगिएको नकारात्मक नैराश्यताको अन्त्यगरौ । सकारात्मक समाज निर्माण गरौँ । विरोध होइन विश्लेषण गरौँ । विध्वंस होइन विकास गरौँ । अपमान होइन सम्मान गरौँ हरेक व्यक्तिभित्र प्रवल सम्भावना छ । परिवर्तन सम्भव छ आफैँवाट सुरुवात गरौँ । आफूले आफैलाई सम्मान गरौँ । के गर्ने के नगर्ने,कसरी गर्ने किन गर्ने कस्ले गर्ने छलफल गरौँ विचार विश्लेषण गरौँ ।
आँखा बन्द भए मनले काम गरौँ समस्याभित्र समाधान खोजौँ समाधानले आत्मवल प्राप्त हुन्छ । निरन्तर गरेको अभ्यास बाट समृद्धिको जन्म हुन्छ । सम्मृद्धिले स्वाभिमान बढाउँछ । हामी जन्मदिने आमाबाबु शिक्षा दिेने गुरु गुरुआमा दुःखमा साथ दिने सहयोगी, कमी कमजोरी औल्याई दिने साथी, आफू जन्मिएको धरती प्रति सधैँ सकारात्मक वनेर रचनात्मक काममा लाग्नु पर्छ ।स्वार्थलाई त्यागौँ किनकी मृत्युलाई कुनै पनि मूल्यमा किन्न सकिदैन, व्यवहार नगरी मान्छे चिन्न सकिदैन । कर्मको फल र विश्वासको बललाई कुनै पनि नकारात्मक सोचले हानि पुराउन सक्दैन अवः अप्यदियोभव– आफ्नो ज्ञानको दियो आफैं वालौ, आफ्नो मोती आफैँ टिपौ । किनेर खुशी पाइदैन, मृत्युचित साथी चाहिदैन, कर्तव्यलाई भुल्न, विना उद्देश्य डुल्न सकिदैन सङ्गतलाई भुल्न, घामपानी विनै फूल्न सकिदैन, सत्यको यथार्थ चिन्न सकारात्मक सोचनै पहिलो आवश्यकता हो ।
जेजे बन्नुछ आधा होइन पूर्ण बनौँ, जेजे गर्नु छ आधा होइन पूर्ण गरौँ । हृदयले मनले, वचनले, कर्मले, सकारात्मक सोचौँ । निरन्तरको सकारात्मक प्रयासले व्यक्तिलाई पूर्णता दिन्छ । बुद्धिभन्दा ठुलो सम्पती, धैर्यभन्दा ठूलो हतियार, विस्वास भन्दा ठूलो सुरक्षा, मुस्कान भन्दा ठूलो मित्रता, सेवाभन्दा ठूलो सम्पर्ण हाँसो भन्दा ठूलो औषधी नै छैन । हरेक वस्तुमा अथाह सम्भावना लूकेको हुन्छ । हिलोमा कमल फूलेको हुन्छ। काँडाहरुकै बिचमा गुलाफ फूलेको हुन्छ । हत्केलाले सूर्य छेकिदैन, दुष्टका मनको कुरा देखिदैन, तर विचार र व्यवहार सकारात्मक भयो भने, समय र कर्म पनि सकारात्मक बन्न थाल्छ, फोहर पनि उत्पादक मल बनेर मोहर कमाउन थाल्छ । सत्प्रेरणाले अल्छी पनि जाँगर चलाउन थाल्छ । हामीले हावावाट, पानीवाट, घामवाट, जूनवाट, सङ्गीतका धुनवाट सकारात्मक सन्देश लिन सक्नु पर्छ । एकदिन अवश्य समृद्वि फुल्छ, अवश्य फक्रन्छ ।