नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २४, २०७८

काठमाडौँ । धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार विकास बैंक उपसमूहमा ८९.५७ बिन्दुको सुधार भएको छ ।  नेप्से २३.९७ बिन्दुले उकालो लागेर दुई हजार ८२५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४१ बिन्दुले बढेर ५२९.६६ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर चार अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख ४० हजार बराबर पुगेको छ । 

कारोवार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो  लागे । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेका छन् । व्यापार २०.६ र अन्य उपसमूहको शेयर १२.०१ बिन्दुले ओरालो लागेको हो । त्यसैगरी, बैंकिङ १७.८१, होटल तथा पर्यटन १४.६५, विकास बैंक ८९.५७, जलविद्युत् ५२.०६, वित्त ६४.९५, निर्जीवन बीमा ४.२३, उत्पादन २३.८९, लघुवित्त ६८.२९, जीवन बीमा ४२.०२, सामूहिक लगानी कोष ०.०३ र लगानी १.१३ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २१ करोड ५२ लाख ९१ हजार ५७ बराबरको कारोवार भयो । यस्तै, हिमालयन डिस्टिलरी १७ करोड ४६ लाख ४८ हजार ९५५, एनआइसि एशिया बैंक १६ करोड ७९ लाख ६४ हजार ५१५, नेपाल पूर्वाधार बैंक १३ करोड ९९ लाख २५ हजार २२८ र माथिल्लो तामाकोशी १२ करोड ९५ लाख ३६ हजार ९५२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार गुहेश्वरी मर्चेन्ट बैंक ९.४७, जोशी हाइड्रोपावर ५.७७, घलेम्दी हाइड्रोपावर ५.६६, यूनियन हाइड्रोपावर ५.२८ र मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ५.०९ प्रतिशतले कमाए । उता कर्पोरेट डेभलपमेन्ट बैंक ३.६१, गुडविल फाइनान्सको ऋणपत्र १.९५, सानिमा लार्ज क्याप फन्ड १.९४, नेपाल दूरसञ्चार कम्पनी १.९२ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।