एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३७ लाख ७० हजार ४४४ छ लाख ६ हजार २१८
भारत तीन करोड ६ लाख ६३ हजार ६६५ चार लाख ४ हजार २११
ब्राजिल एक करोड ८९ लाख ९ हजार ३७ पाँच लाख २८ हजार ५४०