विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज खोप लगाइयो
vaccine

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २५, २०७८

एजेन्सी ।  विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  

चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा  ३३ करोड १२ लाख २ हजार ६४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  ।

बेलायतमा  आठ करोड ४ लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ९७ लाख २९ हजार २५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पोल्याण्ड छ करोड ११ लाख ३७ हजार २३९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्स पाँच करोड ७९  लाख  ४२ हजार ३६५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

टर्कीमा पाँच करोड ६४ लाख १६ हजार १७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली  पाँच करोड ६०  लाख ४७ हजार ९४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।