लोकसंवाद संवाददाता | विदेश | असार २७, २०७८
अमेरिकाले अफगानिस्तानमाथि हमला गरेको २० वर्ष पुग्दैछ। ११ सेप्टेम्बर, २००१ मा अल कायदाले अमेरिकाको ट्विन टावरमा हमला गरेपछि अमेरिकाले अफगानिस्तानमाथि हमला सुरु गरेको थियो । २००१ को डिसेम्बरमा अमेरिका र नेटो आबद्ध सेनाले अफगानिस्तानको बगरम विमानस्थललाई आधार बनाएर सैन्य शिविर खडा गरेका थिए । हालै सो शिबिर अमेरिकी सेनाले अफगान सुरक्षा फौजलाई हस्तान्तरण गरेको छ। यो त्यही विमानस्थल हो, जुन सोभियत संघले अफगानिस्तानमा हमला गर्दा प्रयोगमा ल्याएको थियो । २० वर्ष लामो सैन्य अभियानपछि अमेरिकी सेना आगामी सेप्टेम्बरबाट सम्पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता हुँदैछ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा नै अमेरिकी सेना फिर्ता गर्ने घोषणा भएको थियो । वर्तमान राष्ट्रपति जो बाइडेनले ११ सेप्टेम्बरसम्म सबैसेना फिर्ता हुने घोषणा गरेपछि अमेरिकी सैनिक फिर्ता हुन थालेका छन् । अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानको दबदबा बढेको छ । एक साताअघि ताजकिस्तानसँगको सीमा क्षेत्रमा कब्जा जमाएर अफगान सैनिकलाई ताजकिस्तान भाग्न बाध्य पारेका तालिबानले दुई दिनअघि मात्रै इरानसँगको एउटा महत्वपूर्ण नाका कब्जा गरेका छन् । तालिबान आफैंले ८५ प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा आएको दाबी गरे पनि एक तिहाई भूभागमाथि भने पूर्ण नियन्त्रण कायम गरेको छ ।
अमेरिकाले अलकायदा र तालिबानलाई समाप्त पार्ने नीति अनुसार आक्रमण गरेको थियो । अल कायदा ओसामा बिन लादेनको हत्यासँगै कमजोर बने पनि तालिबानलाई पराजित गर्न अमेरिका असफल भएको छ । अमेरिकी सेना रहेसम्म कम गतिविधि गरिरहेको तालिबानले पछिल्लो समयमा आफ्ना गतिविधि बढाएको छ । रुसको मस्कोमा एक पत्रकार सम्मेलनका क्रममा तालिबान नेता शाहबुद्दीन दिलावरले तालिबानले चाहेमा दुई सातामा अफगानिस्तानमाथि पूर्ण नियन्त्रण हासिल गर्न सक्ने बताएका छन् । यसबाट तालिबान अमेरिकी सेनाको पूर्ण फिर्तीको पर्खाइमा रहेको बुझ्न सकिन्छ ।
रणनीतिक रुपमा सशक्त बन्यो तालिबान
सेप्टेम्बर ११ मा अलकायदाले गरेको हमलामा करिब ३ हजार अमेरिकीले ज्यान गुमाएपछि त्यसको बदला लिन अमेरिकाले हमला गरेको थियो । सेप्टेम्बर ११ को हमलाका मुख्य योजनाकार मानिएका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई संरक्षण दिएको र अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेको आरोपमा अमेरिकाले तालिबानको शासन रहेको अफगानिस्तानमा आक्रमण गरेको थियो ।
अमेरिकी हस्तक्षेपको करिब दुई महिनामा तालिबान शासन ढल्यो र अमेरिकी कठपुतली सरकार बन्यो । लागु औषधको व्यापार, खानी र करबाट तालिबानले करोडौं डलर कमाए र फेरि संगठित बनेर अफगानिस्तानमा विदेशी गठबन्धन सेना र अफगानिस्तान सरकारविरुद्ध गतिविधि अघि बढाए । तालिबानका गतिविधि बढेपछि भएका युद्धमा तालिबानसँगै अफगान सरकार, सरकारी सेना र सर्वसाधारण ठूलो क्षति भोग्न बाध्य भए । त्यसो त अफगानिस्तानमा त्यसभन्दा अघि देखि नै अमेरिकी सेनाले निरन्तर युद्ध गर्दै आएका थिए । सन् १९७० को दशकमा सोभियत सेना त्यहाँको कम्युनिस्ट सरकारलाई समर्थन गर्न आएको थियो । मुजाहिद्दिन विद्रोही समूहविरुद्ध युद्ध गरेको थियो ।
अमेरिकाले अफगान सरकारको सहभागिताबिना नै गरेको वार्तापछि तालिबानविरुद्ध लगाएका प्रतिबन्धहरू हटाउने र अन्य प्रतिबन्ध हटाउन संयुक्त राष्ट्रसंघसँग अनुरोध गर्ने सहमति पनि गरेको छ । सम्झौतापछि तालिबानले विदेशी सेनालाई लक्षित नगरेपनि अफगानिस्तानमा ठूलो क्षेत्रमा नियन्त्रण कायम गरेको छ । पछिल्ला दिनमा अफगान सेना तालिबानविरुद्धका मोर्चामा पराजित हुँदै जान थालेको छ ।
सो आन्दोलनलाई अमेरिकासहित पाकिस्तान, चीन, साउदी अरब लगायतका देशको समर्थन थियो । सन् १९८९ मा सोभियत सेना फर्किए पनि युद्ध अन्त्य भएन र तालिबान शक्तिशाली संगठनका रुपमा उदायो । सन् १९९० को दशकमा उत्तरी पाकिस्तान र दक्षिण–पश्चिम अफगानिस्तानको सीमा क्षेत्रमा प्रभाव जमाएको तालिबानले भ्रष्टाचारविरुद्ध लड्ने र अफगानिस्तानको सुरक्षामा सुधार गर्ने वाचा गरे ।
तालिबानले अफगानिस्तानमा छिट्टै आफ्नो प्रभाव जमाउँदै हत्या, चोरी वा व्यभिचारी जस्ता दोषीलाई सार्वजनिक मृत्युदण्ड लागू गरे । पुरुषले दाह्री पाल्नुपर्ने, महिलाले शरीर र अनुहार छोपिनेगरी बुर्का लगाउनुपर्ने, १० वर्षमाथिका बालिकाले विद्यालय जान नपाउने जस्ता नियम लगाए र टेलिभिजन, सिनेमा, संगीतमाथि प्रतिबन्ध लगाए । तालिबानले हालै आफ्नो प्रभाव बढेसँगै यी आदेश पुनः जारी गरेको छ । अल कायदा, आईएसजस्ता संगठनहरु पूर्ण शक्ति लगाएर लड्ने गरे पनि तालिबान रणनीतिक रुपमा पछि हटेर विदेशी सेना फर्किन थालेसँगै पुनः गतिविधि तीव्र पार्न थालेका छन् । सन् २०१४ मा अन्तर्राष्ट्रिय सेनाहरुले सैन्य अभियान अन्त्य गरे र अफगानी सेनालाई तालिबानसँग लड्न छाडिदिए । त्यसयता तालिबान लगातार सशक्त बन्दै आएको छ । सन् २०१८ मा बीबीसीको एक अध्ययनअनुसार ७० प्रतिशत भूभागमा तालिबान खुला रुपमा सक्रिय थिए ।
अफगान युद्धको महंगो मूल्य
अफगानिस्तानमा अमेरिकाले २००१ मा आक्रमण गरेपछि सुरु भएको यो युद्धमा ठूलो धनजनको क्षति भएको छ । अफगान युद्धका क्रममा अमेरिकाका २ हजार ४ सयभन्दा बढी सैनिक मारिए भने २०,००० भन्दा बढी घाइते भए। बेलायतका ४५६, क्यानडाका १५९, फ्रान्सका ८९, जर्मनीका ५७, इटालीका ५३ र अन्य गठबन्धन देशका ३२१ सैनिक मारिएका छन् ।
तर यो युद्धमा सबैभन्दा बढी अफगानी सर्वसाधारणले ज्यान गुमाए । अफगान सेनाका ६५ हजारभन्दा बढीले ज्यान गुमाए भने १ लाख ११ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको केही अध्ययनले देखाएको छ । तर यो विवरण सन् २००९ यता राष्ट्रसंघले विवरण राख्न थालेदेखिको हो । त्यसैले यो युद्धमा अझ धेरैले ज्यान गुमाएका छन् । अफगान युद्धमा अमेरिकाले खर्बौं डलर खर्च गरेको छ भने अमेरिकामा भएको हमलाको बदला लिन गरिएको यो युद्धमा त्यो भन्दा ठूलो र पीडादायी मूल्य चुकाउन बाध्य भएको छ । तालिबानसँगको युद्धमा पूर्ण रुपमा जित हासिल गर्नुको साटो अनन्तकाल युद्धमा रहनुपर्ने भयका कारण अमेरिकाले तालिबानसँग वार्तामार्फत समस्या समाधानको उपाय खोजेको छ । सोही अनुसार अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिन थालेको हो ।
अमेरिका–तालिबान सम्झौता
अफगानिस्तानमा अमेरिकाले सरकारसँग र तालिबानसँग अलग अलग व्यवहार गरिरहेको छ । एकातिर तालिबानविरुद्ध संघर्षमा रहेको सरकारलाई सघाइरहेको छ भने अर्कोतिर तालिबानसँग वार्ता र सहमति पनि गरेको छ । सन् २०२० को फेब्रुअरीमा भएको सम्झौताअनुसार सबै अमेरिकी सेना र गठबन्धनका सेना अफगानिस्तानबाट फिर्ता हुनेछन् भने तालिबानले अल–कायदा वा अन्य कुनै अतिवादी समूहलाई उनीहरूको नियन्त्रण रहेको क्षेत्रमा गतिविधि गर्न दिने छैन । वार्ताका क्रममा अमेरिका र तालिबानले एक अर्काका बन्दी समेत रिहा गरेका थिए । सोही अनुसार गत वर्षमात्रै ५ हजार तालिबान लडाकू रिहा भएका थिए ।
अमेरिकाले अफगान सरकारको सहभागिताबिना नै गरेको वार्तापछि तालिबानविरुद्ध लगाएका प्रतिबन्धहरू हटाउने र अन्य प्रतिबन्ध हटाउन संयुक्त राष्ट्रसंघसँग अनुरोध गर्ने सहमति पनि गरेको छ । सम्झौतापछि तालिबानले विदेशी सेनालाई लक्षित नगरेपनि अफगानिस्तानमा ठूलो क्षेत्रमा नियन्त्रण कायम गरेको छ । पछिल्ला दिनमा अफगान सेना तालिबानविरुद्धका मोर्चामा पराजित हुँदै जान थालेको छ । त्यसले गर्दा अफगानी जनतामा फेरि तालिबान शासनको त्रास बढेको छ । अफगानिस्तानमा अलकायदा र इस्लामिक स्टेटका साना साना गतिविधिहरु जारी नै छन् ।
अमेरिकाले तालिबान र अलकायदालाई समाप्त पार्न युद्ध गरेपनि अन्ततः पूर्ण विजय हात पार्न सकेन । बरु अमेरिकीसहित नेटो सेना र अफगानी सेनासँगको निरन्तरको युद्धले तालिबान एक खतरनाक सैन्य संगठनमा रुपान्तरित भएको छ । अल–कायदा, इस्लामिक स्टेट आईएस जस्ता लडाकु संगठनहरु विदेशी सेनाको फिर्तीसँगै उत्साहित बनेका छन् । यसले आगामी दिनमा झनै ठूला सुरक्षा चुनौती सिर्जना गर्न सक्छन् । बीबीसीको सहयोगमा