एमाले स्थायी कमिटी बैठक: १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग

एमाले स्थायी कमिटी बैठक: १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०१, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गरेको छ । गत २७ असारमा कार्यदलले १० बुँदे सहमति गरेको थियो । 

आज ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले कार्यदलले जुटाएको उक्त सहमति अनुमोदन गरेको हो । बैठकले कार्यदलको सहमति अनुमोदनसँगै कार्यदल पनि भंग गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

यससँगै अब नेकपा एमाले कसरी अघि बढ्छ र आन्तरिक विवाद र मतभेद समाधान कसरी गर्छ एमालेले भन्नेबारेमा आमचासाे बढेको छ ।