महान्यायाधिवक्ता खातीले लिए शपथ

महान्यायाधिवक्ता खातीले लिए शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०१, २०७८

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज दिउँसो सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महान्यायाधिवक्ता खातीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । 

राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले शपथ गराउने प्रचलन भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उपस्थित हुन अस्वीकार गरेपछि उहाँको शपथ सर्वोच्चमा भएको हो ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार साँझ महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।