कवित्वको प्रारम्भ: मृत सञ्जीवनीको शक्तिले 'उशना' मृतकलाई पनि प्राण दान !

कवित्वको प्रारम्भ: मृत सञ्जीवनीको शक्तिले 'उशना' मृतकलाई पनि प्राण दान !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  साउन ०२, २०७८

  द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
    जयोऽस्मि व्यवसायोऽस्मि सत्वं सत्ववतामहम् । ३६ ।।

अन्वय र अर्थ – अहं = म, छलयतां = छल गर्नेहरुमध्ये, द्यूतं = पासा, कौडा, तास आदि द्यूत क्रीडा हुँ, तेजस्विनां = तेजस्वीहरूको, तेजः = प्रभाव, अस्मि = हुँ, अहं = म, (जेतृणां = जित्नेहरूको), जयः = जयस्वरूप, अस्मि = हुँ, (व्यवसायिनां = उद्यमीहरूको), व्यवसायः = उद्यम, अस्मि = हुँ, सत्ववतां = सात्विकहरूमध्ये, अहं = म, सत्वं = सत्वरूप हुँ ।

भावार्थ – छल गर्नेहरुमध्ये म द्यूतक्रीडा हुँ, तेजस्वीहरूको तेज हुँ, अनि सत्ववान्हरूको सत्वस्वरूप म हुँ ।

विशिष्टार्थ – छल, कपट गर्नेहरूको म द्यूत हुँ । धन सम्पत्ति पैसा राखेर प्रतिद्वन्दीहरूका साथ जुन काममा प्रवृत्त भइन्छ त्यसको नाम द्यूत हो । यो द्यूतक्रिया क्षत्रीय राजाहरूको खेल हो, (क्षेत्रिय–क्षतात् त्रायते इति क्षत्रियः । क्षत असम्पूर्णता हो, असम्पूर्णतादेखि जसले त्राण गर्दछ त्यो नै क्षत्रिय हो ।) जसको पण (धन, दौलत) ले एक व्यक्ति सर्वस्वान्त हुन्छ र एकको जय हुन्छ । जति प्रकारका प्रवञ्चनाहरू छन् ती मध्ये  सर्वस्वान्तकर हुनाले यो द्यूत क्रीडा नै म हुँ । साधक ! हेर, अप्राणीको खेलको नाम द्यूत हो । जबसम्म प्राणको चञ्चलता रहन्छ तबसम्म  'सर्व' रहन्छ । जब तिम्रो प्राण स्थिर हुन्छ त्यसको साथसाथै तिमी सर्वस्वान्त हुन्छौ । जब तिमी सर्वस्वान्त भयौ त्यो नै तिम्रो सर्वदेखि बञ्चित हुनु हो, अनि साथसाथै तिमी पनि म हुन्छौ ।

'तेजस्तेजस्विनामहम्'– तेजस्वीहरूरुको तेज म हुँ । साधक ! एक पटक तिमी विवस्वान्मा पुग । हेर, यो जुन चन्द्रसूर्याग्नि र नक्षत्रादि ज्योतिष्क मण्डल छन् यिनीहरूको प्रकाश, अनि मायाको प्रकाश पनि मबाट नै हुन्छ, त्यसकार म तेजको पनि तेज हुँ ।

'जयोऽस्मि'–जय त्यसलाई भनिन्छ जहाँ अरू सबै हरेका हुन्छन् । जति प्रकारका क्रियाहरू छन् ती सबैको विश्राम भूमि 'म' हुँ । म निष्क्रिय छु, यसकारण कुनै पनि क्रियाले मलाई हराउन सक्दैन, त्यसकारण 'म' जय हुँ ।

'व्यवसायोऽस्मि'– व्यवसाय भनेको आदान प्रादान हो । मायाले प्रकृतिको रूपमा मबाट केही लिन्छे (यो लिनु नै संसार हो), फेरि मलाई केही दिन्छे  (यो दिनु नै प्रलय हो) । यो जुन मायाको सृष्टि र प्रलय हो मलाई लिएर नै हुन्छ, अतः व्यवसाय पनि 'म'हुँ ।

'सत्वं सत्ववतामहं'– जुन जुन साधकहरु सत्वगुण लिएर खेल (साधना) गर्दछन् ती सबैको आठ प्रकारको अवस्था हुन्छ, स्वेद, स्तम्भ, रोमाञ्च, स्वरभंग, वेपथु, वैवर्ण, अश्रु र प्रलय । साधक !, जुन दिन तिमी प्रथम आसनमा गएर वस्यौ, त्यसै दिनदेखिको आफ्नो  साधनाका अलग अलग साधना अवस्था समूहलाई स्मरण गर्दै जाऊ । हेर, पहिले नै तिम्रो शरीरबाट पसिना बाहिर आएको थियो, जसले गर्दा शरीर स्निग्ध भएर भित्रको उद्वेग नष्ट हुनाले तिम्रो शरीर स्तम्भवत् दृढ र अटल भएको थियो, तिमीले स्थिर भावले बसिरहने शक्ति पाएका थियौ, त्यसपछि तिमीलाई रोमाञ्च भएको थियो, अर्थात् शरीरका रौंहरू ठाडा भएका थिए, त्यसपछि तिम्रो स्वर भंग भएको थियो अर्थात् साधना भन्दा पहिले जुन प्रकारको निश्वास प्रश्वासको गति विधि थियो, त्यो भंग भएर  अरू एक प्रकारको निश्वास–प्रश्वासको प्रवाह तिमीमा वर्तमान थियो, अर्थात् दुबै निश्वास प्रश्वास समान थिए, जति निश्वास त्यत्तिनै  प्रश्वास भएर विषमता हटेको थियो, त्यसपछि वेपथु (कम्पन) भयो, अर्थात् प्राणायामले प्राण प्रबाह अतीव सूक्ष्म भएर सुषुम्नाको भित्र प्रवेश गरेर  क्रुर श्लेष्माद्वारा बाधा प्राप्त हुनाले जबसम्म त्यो श्लेष्मा ऊध्र्वाधः प्राण प्रबाहले विशुष्क भएको थिएन तबसम्म वायुको प्रतिहत गतिको धक्काले शरीरको स्नायु मण्डली कम्पित भएको थियो ।

अव साधक ! हेर, शुक्र शब्दले श्वेत, तेज, निर्मल भन्ने बुझिन्छ । फेरि यी शुक्र एक चक्षु विशिष्ट छन् । साधकले जब निर्मल अवस्था पाएर तेजोराशिको भित्रबाट उठेर मृत्युलाई जित्दछ, तब त्यो मर जगत्को आदि अन्त लीला र अमरत्वको जे जस्तो ज्ञान छ त्यसलाई थाहा पाएर प्रतिक्षणमा नै आफूमा नूतनत्वको अनुभव गर्दछ । यस अवस्थामा साधकको चर्मचक्षुले काम गर्दैन ।

त्यसपछि नै शरीरमा वैवर्ण उपस्थित भएको थियो अर्थात् त्रूmर श्लेष्मा विशुष्क भएर सुषुम्नापथ परिष्कार हुनाले प्राणवायु सूक्ष्म, सरल र अप्रतिहन गतिले प्रवाहित भएर सुप्तशक्ति समूहलाई जगाएको थियो, जसले गर्दा शरीरको लावण्य बृद्धि भएर कोमलता आएको थियो, भित्रको अनजान प्रेम रसले, तिम्रा दुबै आँखा रसाएका थिए अनि तिनीहरूमा यस्तो एक निर्मल ज्योतिको प्रकाश पाइएको थियो, जसलाई देख्ने वित्तिकै जीव मात्रको तिमीलाई प्रेम गर्ने इच्छा हुन्छ, तिम्रो शरीरमा पहिले जुन वर्ण थियो त्यो बदलिएको थियो ।

साधनामा यस अवस्था पछि अश्रु अवस्था आउँछ, जगत्मा असल–खराब, राम्रो–नराम्रो जे छ त्यो सबै नै ईश्वरको प्रियवस्तु तथा प्राणको चीज हो भन्दा हृदयमा एक यस्तो आनन्दमय कम्पनको अनुभव हुन्छ जसले गर्दा प्राण खुशीले आनन्द विभोर भएर तिम्रो आँखाबाट आँसु झर्छ (परन्तु रुँदैन) । तत्पश्चान् नै प्रलय अर्थात् समाधिस्थिति हुन्छ । यी सबै अवस्थाहरूको जसले आश्रय लिइसकेका छन् तिनैलाई सत्ववान् भन्दछन् । सत्ववान्हरूमध्ये त्यो सत्व म हुँ । किन कि यस्तो प्रकाश हुनाले नै भ्रम नाश भएर साधक ममा मिलेर 'म'  हुन्छन् ।

    वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
    मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ।। ३७ ।।

अन्वय र अर्थ – अहं = म, वृष्णीनां = वृष्णिवंशीहरुमध्ये, वासुदेवः = वासुदेव, अस्मि = हुँ, पाण्डवानां = पाण्डवहरूमध्ये, धनञ्जयः = धनञ्जय अर्थात् तिमी नै म हुँ, मुनीनां अपि = मुनहिरूमध्ये पनि, व्यासः = व्यास हुँ, तथा, कवीनां = कवि अर्थात् त्रिकालदर्शीहरूमध्ये, उशना कविः = शुक्राचार्य हुँ ।

भावार्थ – वृष्णिवंहीहरूमध्ये म वासुदेव हुँ । पाण्डवहरुमध्ये म धनञ्जय, मुनिगणमध्ये म व्यास तथा कविहरूमध्ये म उसना कवि (शुक्राचार्य) हुँ ।

विशिष्टार्थ–'वृष्णि'– वृष् = वर्षण गर्नु+निः कर्तृ वाचक शब्द, अर्थात् जसले वर्षण गर्दछ, जस्तै मेघादि, वृष्णिहरू, नीतिको वर्षण कर्ता हुन् तिनीहरू मध्ये म वासुदेव हुँ । जसमा सर्वभूत वास गर्दछन् र त्यस सर्वलाई जसले वर्षण  गर्दछन्,  त्यस्ता योग्य पुरुष वासुदेव हुन् । सर्वाणि तत्र भूतानि वसन्ति परमात्मनि । भूतेष्वपि च सर्वात्मा वासुदेवस्ततः स्मृतः ।। कृष्णिवंशमा उत्पन्न भएको हुनाले पृष्णिहरूमध्ये भनियो, सर्वलाई धारण, वर्षण, संकोचन गर्ने (सृष्टि–स्थिति–प्रलयक्षम) शक्तिको आवासभूमि 'म'  हुँ, त्यसकारण म वासुदेव हुँ ।

'पाण्डवानां धनञ्जयः– पाण्डु राजाका क्षेत्रज पुत्रहरूमध्ये 'धनञ्जय' । जसले धनपति कुवेरलाई जितेर सुनको चम्पा ल्याएर कुन्तीद्वारा शिवको पूजा गराएका थिए, शिवजीले उनलाई धनञ्जय नाम दिनु भएको थियो । (पाण्डव–प्र. अ. को प्र. श्लोक हेर्नुहोस्) । पाण्डवको अर्थ हो तीक्ष्ण बुद्धिशाली ज्ञानी पुरुष । ती ज्ञानीहरूमध्ये म धनञ्जय हुँ । जीवका धन छ छन्–जन्म, मृत्यु, सुख, दुःख, क्षुधा, तृष्णा । जसले यी धनहरूमाथि विजय प्राप्त गर्छ त्यो नै धनञ्जय हो । अर्जुन नर ऋषि हुन् । उनले तपस्याद्वारा ती छवटै धनलाई जितेका छन् ।

जसले जसलाई जय गर्छ ऊ त्यसको नियामक हो । अतएव अर्जुन यी छ वटैका नियन्ता हुन् । नियन्ता पनि फेरि म विना अरू कुनै छैन, त्यसकारण धनञ्जय पनि म हुँ प्यारा चेञ्ज गर्ने ।  'मुनीनामप्यहं व्यासः'–मुनिहरूमध्ये म व्यास हुँ । व्यास– विभागकर्ता । चित्तको निम्नस्तरमा अहंकार हुन्छ, यस अहंकारबाट नै विभागको उत्पत्ति हुन्छ, अर्थात् अहं ममत्वको प्रचार हुन्छ, त्यसकारण म व्यास हुँ (१० औं अ. को १३ औं श्लोकको विशिष्टार्थ हेर्नुहोस्) अहं शब्दले म बाहेक अरू कसैलाई बुझाउँदैन । कार्यतः व्यास पनि 'म' हुँ । 'मुनिः संलीनमानसः'–मनोवृत्ति जब सम्यक् लीन भैरहन्छ (जस्तो उखूमा गुलियोपना) तब मुनि शब्दको अर्थ (प्रकाश) प्रकट हुन्छ । यो नै परिपूर्ण अवस्था हो ।

यस अवस्थामा जब वृत्तिको प्रारम्भ हुन्छ तब परिपूर्णत्वमा ग्लानि अर्थात् नानात्व जनित विभाग देखिन्छ ।  यो जुन विभागको ज्ञान हो, त्यसै ज्ञानलाई व्यास भन्दछन् । अनि त्यो ज्ञानउत्पत्ति भन्दा पहिले जुन परिपूर्ण अवस्था हो, त्यही 'म' अवस्था, अनि त्यस 'म' मा नै ते भेदज्ञान रहन्छ, मलाई छोडेर अलग रहन सक्दैन, त्यसकारण त्यो पनि 'म'हुँ । यसकारण मुनि अवस्थामध्ये व्यास अवस्था हुँ । कवीनामुशना कविः – हरेक बोलीमा जसले नयाँ नयाँ कुरा भन्दछ, त्यो नै कवि हो । उशनस् = इच्छा गर्नु+ अनस् कर्तृ, अर्थात् जसले इच्छा गर्छ । इच्छाबाट नै कवित्वको प्रारम्भ हुन्छ । म इच्छाको आश्रय भूमि हुँ, उसना पनि इच्छा कर्ता हो, अतः 'म' कविहरूमध्ये उशना हुँ । सृष्टि र प्रलय यी दुबै नै इच्छाको अधीनमा छन् । सृष्टि पछि प्रलय अर्थात् जन्मपछि मृत्यु स्वतः हुने कुरा हो, यसमा कवित्व अनुभव गरिदैन । परन्तु प्रलय (मृत्यु) पछि जुन सृष्टि हुन्छ त्यसैमा कवित्व छ । यो कवित्व उशना (शुक्राचार्य) मा मृत सञ्जीवनी शक्तिरूपले रहेको हुनाले उशना मृतकलाई पनि प्राणदान दिन्छन् । यो शक्ति ममा पनि प्रतिष्ठित छ, फेरि मृतसञ्जीवनीमा मात्र नूतनत्व छ ।

अव साधक ! हेर, शुक्र शब्दले श्वेत, तेज, निर्मल भन्ने बुझिन्छ । फेरि यी शुक्र एक चक्षु विशिष्ट छन् । साधकले जब निर्मल अवस्था पाएर तेजोराशिको भित्रबाट उठेर मृत्युलाई जित्दछ, तब त्यो मर जगत्को आदि अन्त लीला र अमरत्वको जे जस्तो ज्ञान छ त्यसलाई थाहा पाएर प्रतिक्षणमा नै आफूमा नूतनत्वको अनुभव गर्दछ । यस अवस्थामा साधकको चर्मचक्षुले काम गर्दैन । एकमात्र ज्ञानचक्षु खुला रहन्छ । प्रकृतिको वशमा नरहेर प्रकृतिलाई वशमा राखेको हुनाले यो अवस्था प्राप्त हुन्छ । म प्रकृतिवशी हुँ, उशनामा पनि प्रकृतिवशीत्व शक्ति छ, अतः कविहरूमध्ये उशना श्रेष्ठ छ । जो श्रेष्ठ छ त्यो नै म हुँ । अतएव उशना पनि 'म' हुँ ।

    दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
    मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।। ३८ ।।