'विश्वासको मत दिने एमाले सांसदलाई पार्टीमा स्थान छैन'

'विश्वासको मत दिने एमाले सांसदलाई पार्टीमा स्थान छैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०३, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने निष्कर्ष निकालेको छ ।

कार्यदलले जुटाएको १० बुँदे सहमतिको उल्लंघन गर्दै देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा कुनै स्थान नहुने निष्कर्ष बैठकले निकालेको स्रोतले जानकारी दिएको छ ।

आफ्नो पार्टीको सरकार ढालेर फरक प्रक्रियाबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई विश्वासको मत दिएमा उनीहरूलाई पार्टीमा कुनै स्थान नहुने र बाँकी निर्णय मतदान प्रक्रिया सम्पन्न भएपछि आउने एक स्थायी कमिटी सदस्यले बताए ।

नेता नेपाललाई १० बुँदे सहमतिको पालना गर्दै संस्थागत निर्णयअनुरूप अघि बढ्न आग्रह गरे पनि उनले अस्‍वीकार गरेको स्रोतको भनाइ छ ।

बैठकले विश्वासको मतको पक्षमा मतदान नगर्न सांसदहरूलाई निर्देशन दिएको छ । यसअघि बसेको स्थायी कमिटी र आजको बैठकको निर्णय पालनाका लागि सांसदहरूलाई निर्देशन दिइएको छ ।