लोकसंवाद संवाददाता | कारोबार | साउन ०५, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर तेह्रथुम जिल्लाका बासिन्दाहरूका लागि निश्कासन गरेको हो ।निश्कासन छिटोमा १९ साउनमा बन्द हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा २ भदौसम्म आवेदनको म्याद लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिनेछ ।