सीताराम नेपाल | साहित्य | साउन ०९, २०७८
भुसुना ठान्दै
मनपरि गर्नाले
बिद्रोह निम्त्यो ।
उतारे टट्टु
सडकभरि जात्रा
रमिता हेरौँ ।
आदर्श मारी
कुँडाकर्कट च्याप्ने
कस्ता ठालु यी ?
उफ्रीपाफ्रीमा
भक्तिभाव प्रगाड
दाना पच्ने भो ।
नबुझ्नु एक
स्वाँङ्ग पार्नु अनेक
स्वार्थको नत्थी ।
बिछोड भय
मिलनबिन्दु खोज्ने
थाकेर गल्दा ।
कल झगडा
सधैँ नवजवान
राजनीतिमा ।
जनता भन्ने
नछोप गल्ती धेरै
नेता नमान्ने ।
पारे खरानी
जन चाहना पोली
मित्र जुधेर ।
थर न थिति
झाङ्गिएको वेथिति
भाइ कलह ।