लोकसंवाद संवाददाता | समाचार | साउन ११, २०७८
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीले जेलमै हस्ताक्षर गर्न इन्कार गरेपछि निर्वाचन आयोग पुर्याइएको थियो । उनी पार्टीको आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।