लोकसंवाद संवाददाता | समाचार | साउन ११, २०७८
विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको प्रस्ताव अघि सारेका छन् । मिश्रले 'बहस र छलफलका लागि' भन्दै सार्वजनिक गरेको दस्तावेजमा स्थानीय तहलाई सुदृढ गर्दै संघीयता खारेजीको प्रस्ताव अघि सारेका हुन् । धर्मनिरपेक्षताबारे भने जनमतसंग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।
मुलुकको राजनीतिक, आर्थिक र भू-राजनीतिक कुनै पनि दृष्टिकोणबाट संघीयता धान्न नसक्ने उनको दाबी छ । धर्मनिरपेक्षताबारे जनमतसंग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन हो, पश्चगमन होइन । यो मार्ग परिवर्तन हो भनेर मिश्रको दस्तावेजमा संघीयता खारेजीको माग र धर्मनिरपेक्षताको सूक्ष्म विरोध गरिएको छ ।
संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको मिश्रको दाबी छ । संघीयता राज्यका संस्थाहरूलाई क्षयीकृत गर्ने माध्यम बनेको उनको भनाइ छ ।
हेर्नुहोस् दस्तावेज: