लोकसंवाद संवाददाता | समाचार | साउन २७, २०७८
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए पनि उनीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।
नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले अविश्वास प्रस्ताव पेस गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेस गरे ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको छ ।