लोकसंवाद संवाददाता | कारोबार | साउन २८, २०७८
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो ।
अपरिष्कृत वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य सुधार भएको देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी यस अवधिसम्म बैंकको संचालन नाफा २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ छ । बैंकको संचालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.१६ प्रतिशतले बढको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म बैंकको यस्तो नाफा १ अर्ब ६८ करोड ६० लाख ७९ हजार रुपैयाँ थियो ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ रहेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा १०.८५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पुँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५ रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको जगेडा कोष ७.८३ प्रतिशत बढेको छ भने निक्षेप २७.५८ प्रतिशत र कर्जा २४.६४ प्रतिशत बढेको छ । बैंकको खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी र संचालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो ।