अर्थमन्त्री शर्माले भने: 'श्वेतपत्रमा आग्रह पूर्वाग्रह छैन'

अर्थमन्त्री शर्माले भने: 'श्वेतपत्रमा आग्रह पूर्वाग्रह छैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २८, २०७८

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र तथ्या‌ंकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए ।

उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामको उल्लेख गरिएको बताए । उनले देशको आर्थिक अवस्थाको जानकारी भनेकाले त्यसमा कुनै आग्रह, पूर्वाग्रह नभएको दाबी पनि गरे । आर्थिक विकास र प्रगतिको के अवस्था छ, पुँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, संचितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकाले तथ्या‌ंकमा जे छ, त्यही प्रस्तुत गरेको उनको भनाइ थियो ।

उनले राष्ट्रिय गौरवका योजनाहरू निरन्तर रूपमा अघि बढिरहने बताउँदै प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताए ।