मेगा बैंकद्वारा ५ वटा नयाँ शाखा विस्तार

मेगा बैंकद्वारा ५ वटा नयाँ शाखा विस्तार

लोकसंवाद संवाददाता  |  कारोबार  |  साउन ३१, २०७८

काठमाडौँ, ३१ साउन । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । 

मेगा बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर- १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर- ११ गाईघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर- ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर- ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर- ६ गौरीघाटमा शाखाहरू विस्तार गरेको हो । यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारदेखि नै भएको बैंकका प्रमुख सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

मेगा बैंकले यो एक महिनाको अवधिमा मात्र १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरू रहेका छन् भने थप ४ वटा शाखाहरू संचालनमा आउने तयारीमा रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।