लोकसंवाद संवाददाता | कारोबार | साउन ३१, २०७८
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्थाको असर आजको शेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ ।
आज नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा सीमित भएको छ । तर, कारोबार रकमका हिसाबले भने नयाँ रेकर्ड कायम भएको छ । आइतबारको कारोबारमा कारोबार रकम २१ अर्ब रुपैयाँ पुगेको छ ।
आज युनियन लाइफ इन्स्योरेन्स, खानी खोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।