नबिल बैंकद्वारा 'क्यास मेसिन' सञ्चालनमा, अब एटिएमबाटै  रकम जम्मा गर्न सकिने

नबिल बैंकद्वारा 'क्यास मेसिन' सञ्चालनमा, अब एटिएमबाटै  रकम जम्मा गर्न सकिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ०२, २०७८

काठमाडौँ । आधुनिक बैंकिङ्ग युगको शुरुवातसँगै नबिल बैंकले  'नबिल क्यास मेसिन' सञ्चालनमा ल्याएको छ ।

नबिल बैंकका प्रमुख संस्थागत संचार बिभागका प्रमुख कृष्ण सुवेदीका अनुसार आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै  'नबिल क्यास मेसिन' बाट  रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा प्रचलनमा ल्याएको छ । यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।

बैंकले दिएकाे जानकारी अनुसार ग्राहकहरुले मेशिनमा  १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९,९०० जम्मा गर्न सक्ने प्रवन्ध मिलाईएकाे छ ।  यो प्रविधिबाट नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्फत ग्राहकहरुले आफ्नाे क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने भएको छ । 

आफ्नाे देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको जनाएकाे छ ।