एमालेका ९ नेताको निष्कर्ष: १० बुँदेलाई बेवास्ताले पार्टफ फुट्यो (वक्तब्यसहित)

एमालेका ९ नेताको निष्कर्ष: १० बुँदेलाई बेवास्ताले पार्टफ फुट्यो (वक्तब्यसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०४, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले एक विज्ञप्ति निकालेर यस्तो निष्कर्ष निकालेका हुन् ।

उनीहरूले १० बुँदे सहमतिले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको पनि उल्लेख गरेका छन् । १० बुँदेले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको तर त्यस सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको उनीहरूको भनाइ छ ।

उनीहरूले १४ जना सांसदहरूमाथि एमालेले गरेको कारबाही फिर्ता लिन तथा अलग पार्टी दर्ता प्रक्रिया रोक्न पनि माग गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति: